मैथिली चलचित्रको मुनाफा सामाजिक अभियानमा खर्च गरिने

२३ पुस ७४, सोमबार

जनकपुरधाम, पुस २४
बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली चलचित्र राज्जारानीको मुनाफा सामाजिक अभियानमा खर्च गरिने घोषणा गरिएको छ ।

चलचित्र निर्माण गर्ने पक्षद्वारा उक्त घोषणा गरिएको हो । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा सो चलचित्र निर्माण गरिएको छ । चलचित्रमा बलविवाह र दाइजोमा कुरा नमिल्दा उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ ।

मैथिली र नेपाली भाषामा निर्माण गरिएको सो चलचित्र पुस २१ गतेदेखि सुखद व्यापारका साथ देशभर चलिरहेको बताइएको छ । मैथिली भाषाको राज्जारानी चलचित्र पर्सादेखि मोरङ जिल्लाको २० भन्दा अधिक चलचित्र घरमा प्रदर्शन भइरहेको जनाइएको छ ।

सो चलचित्रलाई छिट्टै भारतको विहार, झारखण्ड र उत्तर प्रदेशमा पनि लगिने चलचित्र निर्माता राजकुमार महतोले बताए । यसैगरी सो चलचित्रलाई मलेसिया, दुबई, अमेरिका, बेलायत, जर्मनी, स्विटजरलेण्ड, अष्ट्रेलिया र नर्वेलगायतका राष्ट्रमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ ।

निर्माता महतोले मैथिली चलचित्र राज्जारानीको मुनाफा बाल विवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियान, मोरङदेखि पर्सा जिल्लासम्मका अति विपन्न परिवारका बालिकाको शिक्षामा र वीरगञ्जदेखि विराटनगरसम्मका कोरिडोरलाई मिथिला पर्यटन प्याकेज तयार, प्रवद्र्धन र सृदृढीकरणमा खर्च गर्ने जानकारी दिए ।
रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top