×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्छ : कमल थापा

१३ फाल्गुन २०७५

काठमाडौं, फागुन १३
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विसं २०४७ साल पछिका राजनीतिज्ञ, प्रशासक लगायतको सम्पत्ति छानविन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष कमल थापाले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले छानविनका क्रममा नेपालीले विदेशमा लुकाएर राखेको सम्पत्ति राष्ट्रियकरण गर्न र शंकास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोबारमा संलग्न व्यक्तिलाई कानून बमोजिम कारवाही गर्नुपर्ने जोड दिए ।

Advertisement
Advertisement

सर्वोच्च अदालतको आदेशबमोजिम एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकरलगायत सबै कर सरकारले असुल गर्नुपर्नेमा जोड दिँदै उनले वाइडबडी प्रकरणमा संलग्न तथा कर छली प्रकरणमा संलग्नलाई पनि दण्डित गर्नुपर्ने बताए ।

देश टुक्र्याउन खोज्ने तत्वलाई कडा कारवाही हुनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष थापाले कालापानी, लिपुलेक र सुस्तालगायत क्षेत्रमा अतिक्रमित नेपाली भूमि फिर्ता लिन कुटनितिक पहल गर्न र सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गरी खुला सीमा व्यवस्थित र नियमन गर्न पनि माग गरे ।

Advertisement

राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने व्यवस्था कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्नेमा पनि उनले जोड दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top