सर्वोच्च अदालतद्वारा डा.गोविन्द केसीलाई पक्राउ आदेश जारी

सर्वोच्च अदालतद्वारा डा.गोविन्द केसीलाई पक्राउ आदेश जारी

काठमाडौं– प्रधानन्याधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा. गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतले पक्राउ आदेश जारी गरेको छ  । सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई अदालतको मानहानी गरेको जनाउँदै पक्राउ आदेश जारी गरेको हो ।

प्रध्यापक डा. केसीले प्रधानन्याधीश पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार अपरान्ह ४ बजेदेखि चौधौ अनसन  सुरु गरेका थिए । प्रध्यापक केसीले चार वर्षअघि त्रिविले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा.शशी शर्मालाई प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले पुनर्वहालीको आदेश दिएलगत्तै त्यसको चर्को विरोध गर्दै आएका छन् । प्रधानन्यायाधीश पराजुली र न्यायाधीश कार्कीको सो आदेशको विरोधमा डा.केसीले चौधौ अनसन घोषणा गरेको जनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.