जम्मु कश्मीरकाे तनावसँगै नेपाल आउने उडान प्रभावित

जम्मु कश्मीरकाे तनावसँगै नेपाल आउने उडान प्रभावित

काठमाडौं : जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ ।

पाकिस्तानी आकाश प्रतिबन्धित भएपछि कतार, दुवईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदलिएको प्राधिकरणका एक अधिकारीले बताए । नयाँ रुटअनुसार खाडी मुलुकबाट उडेको जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेको उनले बताए ।

साबिक उडान तालिकाअनुसार खाडी मुलुकबाट नेपालका लागि उड्ने जहाज पाकिस्तान र अफगानस्तानको पठार क्षेत्र हुँदै सिधै नयाँदिल्लीमको आकाशमार्ग प्रयोग गरी त्रिभुवन विमानस्थल अवतरण गर्थे ।, यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.