प्रदेश स्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन विराटनगरमा सुरु

Share this
670shares

विराटनगर, फागुन १७
राष्ट्रिय युवा परिषद्को आयोजनामा शुक्रबारदेखि विराटनगरमा दुई दिने प्रदेश स्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन सुरु भएको छ । युवाहरुलाई विज्ञान तथा अनुसन्धानमा उत्प्रेरित गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन गर्दै प्रदेश नम्बर एकका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले जिवन उपयोगि अनुसन्धान गर्नु पर्नेमा जोड दिए ।

Advertisement

विश्वविद्यालयका विद्यार्थीहरुले अहिलेसम्म गरेका अनुसन्धान औपचारिकतामा मात्रै सिमित हुदा विश्वविद्यालयका पुस्तकालयमा मात्रै थन्किएको उनले बताए । कार्यक्रममा बोल्दै युवा परिषद्का अध्यक्ष माधवप्रसाद ढुङ्गेलले सुखी नेपाली सम्बृद्ध नेपालको परिकल्पना पूरा गर्ने आधार नै विज्ञान र प्रविधि भएकाले राज्यले यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

विद्यार्थीहरुले औपचारिकताका लागि मात्रै अनुसन्धान गर्ने गरेको बताउँदै उनले राज्यले अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने र त्यसमा लगानी समेत गर्नुपर्ने बताए । गुणस्तरीय र उपयोगि अनुन्धानका लागि युवा परिषद्ले बजेट समेत छुट्याएको उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top