विराटनगर ,फागुन १७
लामो समयदेखि प्रतिक्षामा रहेको ‘सामसुङ ग्यालेक्सी एस टेन’ को प्रि अर्डर बुकिङ विराटनगरमा पनि सुरु भएको छ । सामसुङले एस टेन सिरिजका ग्यालेक्सी एस टेन, एस टेन प्लस र एस टेन ई गरी तीन नयाँ स्मार्ट फोनहरुको प्रि– अर्डर बुकिङ सुरु गरेको छ ।
यी स्मार्टफोनहरु विराटनगरको ‘ ए टु जेड मोबाईल केयर’ बाट पनि प्रि– अर्डर गर्न सकिने छ । विराटनगरको जलजला चौकमा रहेको विराटनगरकै पूरानो सो मोबाइल केयरले प्रि–बुकिङमा विशेष छुटका साथ विभिन्न उपहारहरुको समेत व्यबस्था गरेको छ ।
प्रि बुकिङमा ग्यालेक्सी एस टेनको रु.१०६५००, एस टेन प्लसको रु. ११८६०० , एस टेन इको रु. ९०२०० र एस टेन प्लस ५१२ जिवीको रु. १४८४०० मुल्य रहेको छ । ए टु जेड मोबाईल केयरबाट मोबाईल खरिद गर्दा ९० प्रतिशतसम्म फाईनान्स सुविधा पनि रहेको सञ्चालक जगदीश डागाले बताए ।
उनले मोबाईल केयरमा मोबाईल एक्चेन्जको समेत सुविधा रहेको बताउँदै अन्य मोबाईलको खरिदमा पनि विभिन्न किसिमका उपहार रहेको जानकारी दिए । सो मोबाईल केयरले सामसुङ, ओप्पो, लाभा, भिभो, एमआई लगायत सवै ब्राण्डका मोबाईलहरुको कारोबार गर्दे आएको छ ।