विराटनगरमा सहकारीसम्बन्धी प्रादेशिक गोष्ठी सुरु

१७ फागुन ७५, शुक्रबार
Share this
712shares

विराटनगर, फागुन १७
दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ सहकारी क्षेत्रको प्रबद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिकाको विषयमा २ दिने गोष्ठी विराटनगरमा सुरु भएको छ । विराटनगरको होटल बिगमा आयोजित उक्त गोष्ठीमा प्रदेश सरकारका उच्च अधिकारी, प्रदेशसभाका सांसदहरु, १ नम्बर प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरू र सहकारीसँग आवद्ध अगुवाहरु रहेका छन् ।

Advertisement

प्रदेश सरकार र स्थानीय सरकारले सहकारी नियन्त्रण नियमन, अनुगमन र प्रबद्र्धनका लागि धमाधम कानून निर्माण गरिरहेका बेला राष्ट्रिय सहकारी महासंघको आयोजना, प्रदेशको सहकारी मन्त्रालय र युएनडिपीको सहयोगमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले कानून निर्माणको चरणमा प्रदेश तथा स्थानीय सरकार रहेको भन्दै सरकारहरु सहकारीमैत्री बन्नुपर्ने धारणा राखे ।

२ दिनसम्म चल्ने गोष्ठीमा सहकारी क्षेत्र प्रबद्र्धनमा सहकारीमैत्री कानून निर्माण विषयक कार्यपत्र भूमि व्यष्वस्था तथा सहकारी तथा गरिवि निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले, समृद्धिको यात्रामा प्रदेश स्थानीय सरकार र सहकारीबीचको समन्वयको विषयमा, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले र दिगो विकासको लक्ष्य प्राप्तिमा सहकारीको भूमिका विषयमा र राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले आज कार्यपत्र प्रस्तुत गर्नुभएको छ । कार्यपत्रमाथिको छलफल भोलि हुनेछ र कार्यक्रम सकिने आयोजकको भनाइ छ ।

Advertisement

उक्त गोष्ठीमा छलफल भएका विषयलाई प्रदेश सरकार तथा स्थानीय सरकारलाई कानून निर्माणका क्रममा समेट्न पहल र प्रयत्न गरिने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top