पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं, फागुन १८
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । अधिकारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भेन्टीलेटरमा उपचार भइरहेको छ ।

८३ वर्षीय अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो । तीन दिनअघिसम्म होसमा रहेका अधिकारीलाई बिहीबारदेखि भेन्टीलेटरमा राखिएको छ । दुई हप्ताअघि बिरामी परेका अधिकारीको उपचारमा वरिष्ठ चिकित्सकहरु भगवान कोइराला, अर्जुन कार्की, राजु पंगेनी, मानबहादुर केसी र मुकुन्द शर्मा संलग्न छन्।

श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ माघ देखि उनलाई मेडिसीटी अस्पतालमा राखिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.