विराटनगर, फागुन १८
विराटनगरस्थित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले भाषासाहित्य र पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुई जनालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले भाषासाहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै साहित्यकार एवम भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेल र पत्रकारिताको क्षेत्रमा बरिष्ठ पत्रकार किशोर नेपाललाई पुरस्कृत गरेको हो ।
स्थानिय परोपकार सामुदायिक भवनमा आज आयोजित कार्यक्रमकाबीच उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो । भाषा विज्ञानमा विद्यावारिधि समेत गरेका साहित्यकार पोखरेललाई ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार प्रदान गरिएको छ । उनलाई पुर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र प्रतिष्ठानका अध्यक्ष विवश पोखरेललगायतले सम्मानपत्र र नगद राशीले पुरस्कृत गरे ।
यस्तै लामो समयदेखि पत्रकारिताका क्षेत्रमा सक्रिय वरिष्ठ पत्रकार नेपाललाई २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनलाई समेत नेता केसीसहित प्रतिष्ठानका अध्यक्ष पोखरेलले पुरस्कृत गरे । सुवेदीका सुपुत्र शरद र रुपकराजले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले हरेक वर्ष साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कार गर्दै आएको छ ।