कामदार नीति परिमार्जन गर्दै मलेसिया, तेश्रो पक्ष तथा एजेन्टद्वारा गरिने सेवा हटाउन सुझाव

काठमाडौं : नेपाल सरकारले मलेसिया कामदार पठाउने सम्बन्धमा राख्दै आएको प्रक्रियागत सुधारलाई नै आधार बनाएर मलेसियाको विदेशी कामदार व्यवस्थापन विशेष समिति (एससीउफडब्लूएम)ले नीतिगत सुधार गर्न सरकारलाई सुझाव दिएको छ।

मलेसिया सरकारले गठन गरेको एससीएफडब्लूएमले विदेशी कामदार माग गर्ने सम्बन्धमा खडा गरिएका तेश्रो पक्ष तथा एजेन्टद्वारा गरिने सेवालाई हटाउन सुझाव दिएको छ ।

प्रतिवेदनमा विदेशी कामदार माग गर्ने सम्बन्धमा हुने अनियमिततालाई समेत हटाउन सुझाव दिइएको छ।विशेष समितिले विदेशी कामदारको सबै प्रक्रिया अनलाइन प्रणालीबाट गर्दै प्रमाणिकरण सेवा पनि व्यवस्थित गर्न र तेश्रो पक्ष वा एजेन्टद्वारा गरिने सेवालाई हटाउन सुझाव दिएको छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top