विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा(भिडियो रिपोर्टसहित)

१९ फागुन ७५, सोमबार

विराटनगर, फागुन १९
नेपालमै पहिलोपटक काठमाडौं बाहिर विराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई लक्षित गरि मुख्य खेलमैदान, प्रशिक्षण र अभ्यास खेल मैदानको स्तरोन्नति तथा व्यवस्थापनलगायत तयारीहरु अन्तिम चरणमा पुगेको हो ।

दक्षिण एसियाली फुटबल महासंघ र अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा फागुन २८ देखि विराटनगरको सहिद रंगशालामा सुरु हुन लागेको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगितालाई लक्षित गरि मुख्य खेलमैदान, प्रशिक्षण र अभ्यास खेल मैदानको स्तरोन्नती तथा व्यवस्थापन लगायत तयारीहरु लगभग पूरा भईसकेका छन् ।

Advertisement

रंगशालाको दक्षिण, पश्चिम, गोश्वरा रोड, जेनियल रोड, डिएसपी मार्गसहित साफ च्याम्पियनसीपकालागि महानगरले जिम्मा लिएका सडकहरुलाई कसरी ब्यबस्थित गर्ने र प्रतियोगितामा क–कसले कस्तो भुमिका निभाउने भन्ने बारेमा सरोकारवालाबीच पनि निरन्तर छलफल हुदै आएको महानगरले जनाएको छ । विराटनगरमा साफ च्याम्पियनसिप हुनु अत्यन्तै गौरवको विषय भएको बताउँदै विराटनगर महानगरपालिकाका प्रबक्ता राजेन्द्र प्रधानले तयारी ब्यबस्थापनमा महानगरपालिका तीव्र रुपले लागि परेको बताए ।

साफ च्याम्पियनसिपमा आउने खेलाडी र पदाधिकारी बस्ने होटलको समेत व्यवस्था गरिसकिएको छ । खेलाडीलाई रत्ना, जेनियल र स्टन स्टार होलटमा र पदाधिकारी तथा अफिसियलहरुका लागि बिग होटलको व्यवस्था गरिएको जनाईएको छ । त्यस्तै खेलाडीकालागि अभ्यास गर्न जुट मिलको मैदान, डिपिएस स्कुलको मैदान र सुनसरी दुहवीको खेल मैदानको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश नं १ ले ५० लाख रुपैयाँ सहयोग गरेको एन्फाले जनाएको छ ।

Advertisement

मोफसलमै पहिलो पटक ठूलो प्रतियोगिता हुन लागेको र प्रतियोगिता भव्यरुपले सफल हुने बताउँदै अखिल नेपाल फुटबल महासंघका सहायक महासचिव बसन्त अर्यालले साफ च्याम्पियनसिपका लागि महानगरपालिका र प्रदेश सरकारले सक्दो सहयोग गरेको बताए ।चैत ८ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, र मालदिभ्सको सहभागिता रहने छ ।

अफगानिस्तान बाहेक सार्क मुलुकका ७ वटा देशले भाग लिने बताइए पनि पाकिस्तानले अन्तिम समयमा आएर सहभागि नहुने जनाएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र मालदिभ्स छन । प्रतियोगिताको उद्घाटन खेल फागुन २८ गते नेपाल र भुटान बीच हुने एन्फाले जनाएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top