हरेक षड्यन्त्रलाई परास्त गरेर पार्टी एकता ःपुष्पकमल दाहाल

Share this
722shares

२० फागुन, विराटनगर
पूर्व प्रधानमन्ती तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषय टुंग्याउन नदिने जुनसुकै षड्यन्त्र परास्त गरिने बताएका छन् । उनले कुनैपनि हालतमा पार्टी एकता हुने बताए ।

Advertisement

विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रदेशको पार्टी एकताको प्रस्ताव तयार पारिसकेको र एक दुई दिनमा समग्र पार्टी एकताको प्रस्ताव टुंगिने समेत बताए । उनले पार्टी एकता हुन नदिने, गठबन्धन हुन नदिन र स्थायी सरकार निर्माण हुन नदिन लाग्ने शक्तिहरु नै पार्टी एकता नहोस् भनेर लागिरहेको भएपनि सबै षड्यन्त्रहरु परास्त गरिने बताएका हुन् ।

अध्यक्ष दाहालले मन्त्रिमण्डल कति जना थप्ने, को हटाउने भन्ने विषय प्रधानमन्त्रीको विषय भएको पनि बताए । संचारमाध्याममा आएजस्तो मन्त्री हटाउने या थप्ने भन्ने विषयमा प्रधानमन्त्री र आफूबीच कुनै छलफल नभएको पनि उनले बताए । विप्लव नेतृत्वको नेकपालाई राजनीतिक र प्रशासनिक दुवै तरिकाले नियन्त्रण गर्न सरकार गम्भिर रहेको पनि दाहालले बताए । उनले राजनीतिक हिसावले सहमतिका साथ हल हुनेसम्म सरकारले प्रयत्न गर्ने र प्रशासनिक ढंगले हल गर्न पनि प्रयास गर्ने बताए ।

Advertisement

दाहाललाई विमानस्थलमा प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे, नेकपा मोरङका प्रस्तावित अध्यक्ष श्रृषिकेश पोखरेल लगायतका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top