आज सीप्यान क्रिकेट अवार्ड प्रदान गरिँदै

आज सीप्यान क्रिकेट अवार्ड प्रदान गरिँदै

काठमाडौं, फागुन २१
आज क्रिकेट खेलाडी संघ सिप्यानको आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ प्रदान गरिने भएको छ । कार्यक्रममा क्रिकेटका विभिन्न विधामा पहिलो पटक अवार्ड वितरण गर्न लागिएको हो ।

काठमाडौंमा हुने कार्यक्रममा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा अवार्ड वितरण गरिनेछ । त्यस्तै, २०१८(२०१९ मा उत्कृष्ट मोमेन्ट अफ द इयर र लाईफटाइम अचिभमेन्ट अवार्ड पनि रहेको छ ।

मोमेन्ट अफ द इयरको १० उत्कृष्ट क्षण यसअघि नै सार्वजनिक भइसकेको छ भने लाईफटाइम अचिभमेन्ट अवार्डबाट एक जना पुरस्कृत हुने छन् । वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा यसअघि नै ५(५ खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.