अझै शहीद घोषणा भएनन् झापा विद्रोहका प्रधान

भद्रपुर, फागुन २१
झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन ।

सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई २०७२ सालमा सरकारले शहीद घोषणा गरे पनि सोही विद्रोहका बेला हत्या गरिएका झापा बुद्धशान्तिका प्रधानलाई शहीदको सूचीमा नाम समावेश गर्न छुटेको थियो । तत्कालीन नेकपा एमाले झापाका अध्यक्ष एवं शहीद राम प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष चिन्तन पाठकले उनलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गरिएको र चाँडै प्रक्रिया पु¥याएर शहीद घोषणा गरिने आश्वासन पाएको बताए ।

प्रधानलाई इलामको शान्तिपुरमा एक घरको कोठाभित्र आश्रय लिएर सुतेको अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइरोले घोचीघोची हत्या गरेका थिए । प्रधानलाई हत्या गरिएको सेल्टरबाट गिरफ्तार गरिएका अर्का योद्धा सानो दुर्गा अधिकारीलाई १७ वर्ष जेलमा राखिएको थियो ।

Advertisement

झापा विद्रोहका नेता मोहनचन्द्र अधिकारी सबैभन्दा बढी १८ वर्ष जेल बसेका थिए । नरेश खरेल, राधाकृष्ण मैनाली, सीपी मैनाली, भीष्म धिमाल, मङ्गलमणि सतार, अम्बर कार्कीलगायत नेताले १६ वर्षभन्दा बढी जेल यातना भोगेका थिए । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top