काठमाडौँ, फागुन २१
वर्ष उदयीमान खेलाडीको पुरस्कार रोहित कुमार पौडेलले हात पारेका छन् । एनसीसीएस सिप्यान क्रिकेट अवार्ड २०१९ मा पौडेलले उदयीमान खेलाडी पुरस्कार हात पारेका हुन् । युएई विरुद्ध अर्धसतक प्रहार गरेका पौडेलले डिभिजन २ मा पनि राम्रो प्रदर्शन गरेका थिए ।
वर्षको उदयीमान खेलाडीको सूचीमा अभिनास बोहरा, ललित नारायण राजवंशी, सन्दीप जोरा र कविता कुँवर रहेका थिए । उनीहरुलाई पछि पार्दै पौडेलले वर्ष उदयीमान खेलाडीको पुरस्कार जितेका हुन् । वर्ष उदयीमान खेलाडी घोषित हुन पाएकोमा निकै खुसी लागेको भन्दै पौडेलले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रममा विभिन्न विधा छुट्याइएको थियो । जसमध्ये ‘वर्ष उत्कृष्ट खेलाडी’ (पुरुष) ‘वर्ष उत्कृष्ट खेलाडी’ (महिला) ‘वर्ष उदीयमान खेलाडी’, ‘मोस्ट भ्यालुएबल मुभ्मेन्ट अफ दी इयर’ र ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ रहेका छन् ।
वर्षका उत्कृष्ट १० क्षण सिप्यानले यसअघि नै सार्वजनिक गरेको थियो । जसमध्ये भोटिङमार्फत् विजेता छानिएका थिए । भोटिङ समय सोमबार राति सम्म थियो । वर्ष खेलाडी पुरुष र महिला तथा बर्षको उदीयमान खेलाडीको मनोनयन सिप्यानले गठन गरेको प्राविधिक टोलीले आइतबार सार्वजनिक गरेको थियो ।