विराटनगर, फागुन २१
राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)ले संघीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । पार्टीले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।
अध्यक्ष राणाले सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु संघीयताको मजबुत पक्ष भएको बताउँदै प्रदेश सरकारबाट शक्तिको दुरुपयोग हुनु गलत भएको बताए । राप्रपा(संयुक्त)को एजेण्डामा सहमति जनाउनका लागि पार्टीको ढोका खुल्ला रहेको बताउँदै उनले राप्रपाका कमल थापासँग चुनाव चिन्ह ‘हलो’मा सहमति नभएकाले एकीकरण हुन नसकेको प्रष्ट पारे ।
अर्का अध्यक्ष डा लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, सबैलाई स्वीकार्य संवैधानिक राजसंस्था स्थापनाको मुद्दा लिएर पार्टी अगाडि बढेको बताए । उनले ‘‘नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भने सरकारले पनि सुशासन कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहनालाई पूरा गर्न नसकेको बताए ।