×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

आगोले जलेकी महिलालाई डा.शर्माले गरे उद्धार, निःशुल्क उपचार गरेर एक लाख प्रदान

२३ फाल्गुन २०७५

विराटनगर,फागुन २३
आगोको रापले मात्र पनि भतभती पोल्छ । आगोले शरिरनै जल्दा कत्ति पोल्ला ? आफै भोगेका बाहेक जो कोहीले यो पीडा अनुमान लगाउँनसम्म पनि गाह्रो हुन्छ । खाना पकाउँने क्रममा कुपी बत्तिको मट्टीतेल खनिएर शरिरमा आगो लाग्दा मोरङको बेलबारी–२ लालभित्तीकी ५० बर्षीया कुमारी ऋषिदेवको आधा शरिर जल्यो । अनुहारसहित शरिरका अधिकांस भाग आगोले जलेर गंभीर अवस्थामा पुगेकी कुमारीलाई जलनको पीडा त छदैथियो त्यसमाथी उनलाई उपचार गराउँन नसकी घरैमा राख्नुपर्दा उनको परिवारलाई पनि कम पीडा थिएन । उपचार गर्न नसकेर तड्पिरहेको ऋषिदेब परिवारको पीडा नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले थाहा पाएर उनीहरुको घरैमा पुगी कुमारीलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याए ।

गरिब, बिपन्न तथा असहाय हजारौैं बिरामीलाई उद्धार गरिसकेका समाजसेवी डा.शर्मा उनीहरुको झुपडीमा पुग्दा कुमारी जलनको पीडाले तड्पिरहेकी थिईन् । उनको अनुहार, घाँटी, छाती, हात लगायत भाग आगोले जलेको छ । कम्मरभन्दा माथिको अधिकांस भाग जलेकी कुमारीलाई सुरुमा धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको भएपनि त्यहा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौं रिफर गरियो । तर, पैसा नभएका कारण काठमाण्डौ लैजान नसकेर उपचार नै नगरी घर ल्याएर राख्नुपरेको श्रीमान पनिलाल ऋषिदेबले गुनासो सुनाए । ‘अलिअलि भएको पैसा घोपामै सकियो । उपचार गर्न नसकेपछि केहि सिप नलागेर जे होला–होला भनेर घर ल्याए ।’ पीडा सुनाउँदै उनले भने ‘धन्न सुनिल सर आएर ठुलो गुन लगाउँनुभयो । सुनिल सर हाम्रा लागि साँच्चै भगवान सरह बन्नुभयो ।’

Advertisement
Advertisement

स्थानीय राजकुमार लिम्बुले घटनाको बारेमा बताएपछि डा.शर्माले डाक्टर र नर्शको टोली तत्काल ऋषिदेबको घरमा पठाएर सामान्य उपचार गराएका थिए । त्यसपछि एम्वुलेन्स लिएर घरैमा पुगेका डा.शर्माले उनलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याएका हुन् । नोबेलमा निःशुल्क औषधि, उपचारसहित बिरामी र कुरुवालाई समेत खानाको ब्यवस्था पनि डा.शर्माले नै मिलाईदिए । नोबेल अस्पतालमा उनको उपचार पश्चात प्लाष्टिक सर्जरीका लागि डा.शर्मालेनै एम्बुलेन्सको खर्च बेहोरेर काठमाण्डौं पठाएका छन् । काठमाण्डौंमा उपचारका लागि डा.शर्माले एक लाख रकमसमेत प्रदान गरेका छन् ।

Advertisement

खोला किनारमा बालुवा चालेर जिविका चलाउँदै आएका उनीहरुको आफ्नो नाममा एक धुर पनि जमिन छैन । अर्काकैमा काम सघाएर झुपडी बनाएर बस्दै आएका उनीहरुलाई दुई छाकको जोहो गर्न पनि धौ–धौ हुँदै आएको छ । उनीहरुको अत्यन्तै दयनीय अवस्था थाहा पाएर उपचारमा सहयोग गरेको डा.शर्माको भनाई छ । डा.शर्माले यसअघि पनि हजारौं गरिब, बिपन्न तथा असहाय बिरामीलाई सहयोग गरेर प्रशंसा पाउँदै आएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top