×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

कालापानी-लिपुलेकसहितको आधिकारिक नक्सा सार्वजनिक : विकास क्षेत्र र अञ्चल हट्यो, ७७ जिल्ला कायम

२३ फाल्गुन २०७५

काठमाडौं,फागुन २३
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको संघीय संरचना बमोजिम आधिकारिक प्रशासनिक प्रादेशिक नक्सा सार्वजनिक गरेको छ । नापी विभागले तयार पारेको नेपालको नक्सा मन्त्रालयले बिहिवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

सो नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त नक्सा रिबन काटेर सार्वजनिक गरेकी हुन् । त्यस अवसरमा नक्साबारे जानकारी दिँदै नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले संघीय संरचना बमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्न प्रदेशहरूको नामाकरणले ढिलाइ भएको बताए ।

Advertisement
Advertisement

प्रदेशहरूको नामाकरण नसकिएकाले मन्त्री अर्यालको निर्देशनमा हाललाई ३ वटा प्रदेशको मात्र नामाकरणसहितको नक्सा प्रकाशन गरिएको महानिर्देशक भट्टले जानकारी दिए । मुलुकको परिवर्तित संरचनाअनुसार तयार पारिएको उक्त नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण हुन बाँकी प्रदेशको नम्बर उल्लेख गरिएको छ ।

नक्सामा सातवटै प्रदेश, जिल्ला, सदरमुकाम, प्रमुख राजमार्ग, शहरहरू, सिमाहरू, निकुञ्ज, नदी र प्रमुख ठाउँ उल्लेख गरिएको छ । नेपाली भाषामा प्रकाशन गरिएको नक्सामा पालिकाहरू पनि उल्लेख नगरिएको महानिर्देशन भट्टले बताए । क्रमशः प्रदेश, जिल्ला र पालिकाहरूको नक्सा सार्वजनिक गरिने विभागले जनाएको छ ।

मन्त्री अर्यालले यसअघि नै संघीय संरचनाअनुसारको नक्सा प्रकाशन तयारी भए पनि प्रदेशहरूको नामाकरणका कारणा ढिलाइ भएको बताइन् । बजारमा धेरैखाले नक्सा पाइएकाले ढिलो गर्दा ठीक नहुने निचोडसहित नक्सा सार्वजनिक गरिएको उनले बताइन् ।

‘यो नक्सा सार्वजनिक गरेका छौ । अब छिटो गरेर ७७ जिल्ला, ७ प्रदेश र ७ सय ५३ वटै पालिकास्तरको नक्सा बनाएर तल हस्तान्तरण गर्ने अभियानमा अगाडी बढ्नेछौ’, अर्यालले भनिन्, ‘केही प्राविधिक समस्याले ७५३ पालिकाको नामसहित प्रकाशन गर्न सकेका छैनौं । यसलाई पनि छिट्टै प्रकाशन गर्ने तयारीमा छौ ।’

नक्सा तत्काल सिंहदरबारभित्रका सबै मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयमा र्पुयाइने उनले बताइन् । त्यसपछि प्रदेशस्तर र ७५३ पालिकामै आधिकारिक नक्सा र्पुयाइने छ ।

मन्त्री अर्यालले नयाँ संरचनाअनुसारको आधिकारित प्रशासनिक नक्सा जनस्तरसम्म र्पुयाउन सबैलाई आग्रह गरिन् । नक्सामा ७ प्रदेश, त्यसका राजधानी र ७७ जिल्लाको सिमाङ्कन र सदरमुकाम समेटिएको छ । नापी विभागका पूर्व उपमहानिर्देशक सुरेशमान श्रेष्ठले गलत नक्सा प्रचार, प्रसार वा प्रयोग र विक्री गर्ने सबैलाई ऐन नियम अनुसार कारबाही गर्न विभाग अग्रसर हुनुपर्ने बताएका छन् ।

Advertisement

यो नक्सा नेपालकै इतिहासमा तेस्रो संस्करण हो । पहिलो पटक वि.सं. २०३२ सालमा नेपालको नक्सा प्रकाशन गरिएको थियो । बहुदलीय व्यवस्था आएपछि सरकारले २०४९ सालमा दोस्रो पटक नेपालको अधिकारिक सार्वजनिक गरेको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top