कालापानी-लिपुलेकसहितको आधिकारिक नक्सा सार्वजनिक : विकास क्षेत्र र अञ्चल हट्यो, ७७ जिल्ला कायम

२३ फागुन २०७५, बिहीबार
Share this
728shares

काठमाडौं,फागुन २३
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको संघीय संरचना बमोजिम आधिकारिक प्रशासनिक प्रादेशिक नक्सा सार्वजनिक गरेको छ । नापी विभागले तयार पारेको नेपालको नक्सा मन्त्रालयले बिहिवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

Advertisement

सो नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त नक्सा रिबन काटेर सार्वजनिक गरेकी हुन् । त्यस अवसरमा नक्साबारे जानकारी दिँदै नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले संघीय संरचना बमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्न प्रदेशहरूको नामाकरणले ढिलाइ भएको बताए ।

प्रदेशहरूको नामाकरण नसकिएकाले मन्त्री अर्यालको निर्देशनमा हाललाई ३ वटा प्रदेशको मात्र नामाकरणसहितको नक्सा प्रकाशन गरिएको महानिर्देशक भट्टले जानकारी दिए । मुलुकको परिवर्तित संरचनाअनुसार तयार पारिएको उक्त नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण हुन बाँकी प्रदेशको नम्बर उल्लेख गरिएको छ ।

Advertisement

नक्सामा सातवटै प्रदेश, जिल्ला, सदरमुकाम, प्रमुख राजमार्ग, शहरहरू, सिमाहरू, निकुञ्ज, नदी र प्रमुख ठाउँ उल्लेख गरिएको छ । नेपाली भाषामा प्रकाशन गरिएको नक्सामा पालिकाहरू पनि उल्लेख नगरिएको महानिर्देशन भट्टले बताए । क्रमशः प्रदेश, जिल्ला र पालिकाहरूको नक्सा सार्वजनिक गरिने विभागले जनाएको छ ।

मन्त्री अर्यालले यसअघि नै संघीय संरचनाअनुसारको नक्सा प्रकाशन तयारी भए पनि प्रदेशहरूको नामाकरणका कारणा ढिलाइ भएको बताइन् । बजारमा धेरैखाले नक्सा पाइएकाले ढिलो गर्दा ठीक नहुने निचोडसहित नक्सा सार्वजनिक गरिएको उनले बताइन् ।

Advertisement

‘यो नक्सा सार्वजनिक गरेका छौ । अब छिटो गरेर ७७ जिल्ला, ७ प्रदेश र ७ सय ५३ वटै पालिकास्तरको नक्सा बनाएर तल हस्तान्तरण गर्ने अभियानमा अगाडी बढ्नेछौ’, अर्यालले भनिन्, ‘केही प्राविधिक समस्याले ७५३ पालिकाको नामसहित प्रकाशन गर्न सकेका छैनौं । यसलाई पनि छिट्टै प्रकाशन गर्ने तयारीमा छौ ।’

नक्सा तत्काल सिंहदरबारभित्रका सबै मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयमा र्पुयाइने उनले बताइन् । त्यसपछि प्रदेशस्तर र ७५३ पालिकामै आधिकारिक नक्सा र्पुयाइने छ ।

मन्त्री अर्यालले नयाँ संरचनाअनुसारको आधिकारित प्रशासनिक नक्सा जनस्तरसम्म र्पुयाउन सबैलाई आग्रह गरिन् । नक्सामा ७ प्रदेश, त्यसका राजधानी र ७७ जिल्लाको सिमाङ्कन र सदरमुकाम समेटिएको छ । नापी विभागका पूर्व उपमहानिर्देशक सुरेशमान श्रेष्ठले गलत नक्सा प्रचार, प्रसार वा प्रयोग र विक्री गर्ने सबैलाई ऐन नियम अनुसार कारबाही गर्न विभाग अग्रसर हुनुपर्ने बताएका छन् ।

यो नक्सा नेपालकै इतिहासमा तेस्रो संस्करण हो । पहिलो पटक वि.सं. २०३२ सालमा नेपालको नक्सा प्रकाशन गरिएको थियो । बहुदलीय व्यवस्था आएपछि सरकारले २०४९ सालमा दोस्रो पटक नेपालको अधिकारिक सार्वजनिक गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top