NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

नारी दिवस : रोकिएन महिला हिंसा र विभेद, महिलामाथिको अविश्वास पनि कायमै

शुक्रबार फाल्गुन २४ , २०७५
Reading Time: 1 min read
A A
नारी दिवस : रोकिएन महिला हिंसा र विभेद, महिलामाथिको अविश्वास पनि कायमै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, फागुन २४
लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मुल नाराका साथ १ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तराष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो सहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ । सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी माक्र्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।

प्रदेश नं. १ मा महिलाहरुको अवस्था
नेपाली जनताले विभिन्न काल खण्डमा गरेको आन्दोलन, त्याग र धेरै सहीदहरुको वलिदानी पश्चात मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भई कार्यान्यनमा आएको छ । संविधानत राज्यले हरेक नागरिकको समान अधिकारको ग्यारेन्टी गरिदिएको छ । संविधानले राज्यका सवै नागरिकलाई समान अधिकारको प्रत्याभुति गरेपनि लामो समयदेखि विभेद र उपेक्षामा पर्दै आएका महिलाहरुको अवस्थामा भने अझै सुधार आउन सकेको छैन । संविधानले हरेक क्षेत्रमा महिलाको अनिवार्य सहभागिताका लागि बाध्यकारी बनाएपनि निर्णय तहमा महिलाहरुको सहभागिता अझैपनि न्यून रहेको सरोकारवालाहरुको भनाइ छ । प्रदेश नं. १ मा पनि महिलाहरुको निर्णायक तहमा सहभागिता न्यून रहेको छ । राज्यको पुनरसंरचना पश्चात स्थानीय सरकारमा महिलाहरुको सहभागिता उत्साहजनक रहेपनि निर्णायक तहमा भने सहगागिता प्राय शुन्य रहेको छ । संविधानको भाग ३ धारा ३८ को उपधारा १ देखि ६ सम्म मौलिक हकका रुपमा प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक,राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने , शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने लगायत संविधानलेनै महिलाको अधिकार ग्यारेन्टी गरेको भएपनि कार्यान्वय तह फितलो रहेको सरोकारवालाहरुको भनाइ छ ।

LS Auto

संविधानले महिलालाई समान अधिकार दिएको भएपनि आम महिलाहरुले अझैपनि समान अधिकारको अनुभूति गर्न पाएका छैनन् । राज्यको पुनरसंरचना पश्चात राज्य सञ्चालनको तहमा महिलाको सहभागिता केही हद सम्म बढेको भएपनि निर्णायक तहमा भने उपस्थित शुन्य जस्तै रहेको उनीहरुको गुनासो छ । उनीहरुले निति कार्यान्वयन पूर्ण रुपले हुन नसक्नु, दण्डहिनता तथा पूरानै सोचका कारण अझै महिलाले समाजमा दोश्रो दर्जाकै नागरिकका रुपमा बाँच्दै आउनु परेको आरोप लगाएका छन् ।

राज्यको पुनरसंरचना पश्चात पहिलो पल्ट उप्रमुखको जिम्मेवारी सम्हालेका पालिका उपप्रमुखहरुको गुनासो पनि उस्तै नै छ ।एक नं. प्रदेशबाट राष्ट्रपति र प्रतिनिधिसभाकी उपसभामुख महिला छन् । सहभागिताका हिसाबले प्रदेश नं. १ को ९३ सदस्यीय प्रदेशसभामा ३२ जना महिला सदस्यको सहभागिता छ । त्यस्तै प्रदेश नं. १ बाट प्रतिनिभिसभामा १४ र राष्ट्रियसभामा ५ जनाको सहभागिता रहेको छ । प्रदेश १ का १ सय ३७ स्थानीय तहमा प्राय सवै स्थानीय तहमा महिला उपप्रमुख मै सिमित छन् । हरेक वडामा पनि महिलाको प्रतिनिधित्व छ तर प्रदेश १ सरकारमा भने एकजना पनि महिलाको सहभागिता हुन सकेको छैन ।

१ नं. प्रदेशको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले राज्यको पुनरसंरचना पश्चात बनेको तीन तहको सरकार अन्तर्गत स्थानीय तहमा नेपालकै इतिहाँसमा ४१ प्रतिशत महिला सहभागिता हुनु महत्वपूर्ण उपलब्धी भएको बताइन् । उनले यतिबेला प्रादेशिक कानुनहरु र सचेतना बृद्धिका कारण धेरै हद सम्म महिलाको सहभागितामा बृद्धि भएको बताइन् ।

महिला उद्यमी मल्लिका रिजालले पुरुषको तुलनामा भन्दा महिला अझ बढी प्रतिभा र सृजनशिल हुने गरेकाले सवै क्षेत्रमा समक्ष महिला सहभातिगाका नाममा नातागोताको भन्दा पनि दक्ष र नेतृत्वदायी भूमिका निभाउन सक्ने महिलाको सहभागिता हुनुपर्ने बताइन् । उनले आर्थिक रुपले पनि महिलालाई सवल बनाउनुपर्नेमा जोड दिइन ।

महिला हिंसाको डरलाग्दो रुप
प्रदेश नं. एकमा महिला हिंसाका घटनामा न्यूनिकरण आएको पछिल्ला केही तथ्याङहरुले देखाएका छन । गत वर्षको तुलनामा यो वर्ष महिला हिंसाका घटनामा करिब ४८ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको माघ महिना सम्ममा महिला हिंसाका ५ सय ६९ वटा मुद्धा दर्ता भएका छन् ।

जस मध्ये सवैभन्दा बढी जबरजस्ती करणीका २ सय ७७ वटा मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सोही महिना सम्ममा महिला हिंसा अन्तर्गत १ सय ३० वटा जबरजस्ति करणी उद्योग, ७९ वटा बहुविवाह, बोक्सीको आरोप २, जातीय छुवाछुतका ४, कर्तब्य ज्यानका ३६ र घरेलु हिंसाका ४१ मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरिक्षक केदार रिजालले जानकारी दिए । गत आर्थिक वर्षमा सोही अवधिमा १ हजार १ सय ९६ महिला हिंसाका मुद्धा दर्ता भएका थिए ।

जस मध्ये जबरजस्ती करणीका ३ सय ८४, जबरजस्ती करणी उद्योगका १ सय ८७, बहुविबाहका १ सय १३, बोक्सीको आरोप ७, जातीय छुवाछुत ३, कर्तब्य ज्यान ४४ र घरेलु हिंसाका ४ सय ५८ वटा मुद्धा दर्ता भएका छन् । अबका दिनमा महिला हिंसाका यस्ता हरेक घटनाका तथ्याङलाई शुन्यमा झारी हिंसारहित समाजतर्फ अब हामी सवै लाग्न जरुरी छ । संविधानले अंगिकार गरेको समानुपातिक समावेशी सहभागितामुलक सिद्धान्तको आधारमा आधा आकाश ढाक्ने महिलाको सहभागिता कार्यान्वयन तहमा सुनिश्चित हुन पनि उत्तिकै जरुरी देखिन्छ । अबको महिला आवाज त्यसतर्फ केन्द्रित होस् । अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.