×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

नारी दिवस : रोकिएन महिला हिंसा र विभेद, महिलामाथिको अविश्वास पनि कायमै

२४ फाल्गुन २०७५

किशोर विश्वकर्मा
विराटनगर, फागुन २४
लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मुल नाराका साथ १ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तराष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो सहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ । सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी माक्र्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।

Advertisement
Advertisement

प्रदेश नं. १ मा महिलाहरुको अवस्था
नेपाली जनताले विभिन्न काल खण्डमा गरेको आन्दोलन, त्याग र धेरै सहीदहरुको वलिदानी पश्चात मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भई कार्यान्यनमा आएको छ । संविधानत राज्यले हरेक नागरिकको समान अधिकारको ग्यारेन्टी गरिदिएको छ । संविधानले राज्यका सवै नागरिकलाई समान अधिकारको प्रत्याभुति गरेपनि लामो समयदेखि विभेद र उपेक्षामा पर्दै आएका महिलाहरुको अवस्थामा भने अझै सुधार आउन सकेको छैन । संविधानले हरेक क्षेत्रमा महिलाको अनिवार्य सहभागिताका लागि बाध्यकारी बनाएपनि निर्णय तहमा महिलाहरुको सहभागिता अझैपनि न्यून रहेको सरोकारवालाहरुको भनाइ छ । प्रदेश नं. १ मा पनि महिलाहरुको निर्णायक तहमा सहभागिता न्यून रहेको छ । राज्यको पुनरसंरचना पश्चात स्थानीय सरकारमा महिलाहरुको सहभागिता उत्साहजनक रहेपनि निर्णायक तहमा भने सहगागिता प्राय शुन्य रहेको छ । संविधानको भाग ३ धारा ३८ को उपधारा १ देखि ६ सम्म मौलिक हकका रुपमा प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक,राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने , शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने लगायत संविधानलेनै महिलाको अधिकार ग्यारेन्टी गरेको भएपनि कार्यान्वय तह फितलो रहेको सरोकारवालाहरुको भनाइ छ ।

संविधानले महिलालाई समान अधिकार दिएको भएपनि आम महिलाहरुले अझैपनि समान अधिकारको अनुभूति गर्न पाएका छैनन् । राज्यको पुनरसंरचना पश्चात राज्य सञ्चालनको तहमा महिलाको सहभागिता केही हद सम्म बढेको भएपनि निर्णायक तहमा भने उपस्थित शुन्य जस्तै रहेको उनीहरुको गुनासो छ । उनीहरुले निति कार्यान्वयन पूर्ण रुपले हुन नसक्नु, दण्डहिनता तथा पूरानै सोचका कारण अझै महिलाले समाजमा दोश्रो दर्जाकै नागरिकका रुपमा बाँच्दै आउनु परेको आरोप लगाएका छन् ।

राज्यको पुनरसंरचना पश्चात पहिलो पल्ट उप्रमुखको जिम्मेवारी सम्हालेका पालिका उपप्रमुखहरुको गुनासो पनि उस्तै नै छ ।एक नं. प्रदेशबाट राष्ट्रपति र प्रतिनिधिसभाकी उपसभामुख महिला छन् । सहभागिताका हिसाबले प्रदेश नं. १ को ९३ सदस्यीय प्रदेशसभामा ३२ जना महिला सदस्यको सहभागिता छ । त्यस्तै प्रदेश नं. १ बाट प्रतिनिभिसभामा १४ र राष्ट्रियसभामा ५ जनाको सहभागिता रहेको छ । प्रदेश १ का १ सय ३७ स्थानीय तहमा प्राय सवै स्थानीय तहमा महिला उपप्रमुख मै सिमित छन् । हरेक वडामा पनि महिलाको प्रतिनिधित्व छ तर प्रदेश १ सरकारमा भने एकजना पनि महिलाको सहभागिता हुन सकेको छैन ।

१ नं. प्रदेशको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले राज्यको पुनरसंरचना पश्चात बनेको तीन तहको सरकार अन्तर्गत स्थानीय तहमा नेपालकै इतिहाँसमा ४१ प्रतिशत महिला सहभागिता हुनु महत्वपूर्ण उपलब्धी भएको बताइन् । उनले यतिबेला प्रादेशिक कानुनहरु र सचेतना बृद्धिका कारण धेरै हद सम्म महिलाको सहभागितामा बृद्धि भएको बताइन् ।

महिला उद्यमी मल्लिका रिजालले पुरुषको तुलनामा भन्दा महिला अझ बढी प्रतिभा र सृजनशिल हुने गरेकाले सवै क्षेत्रमा समक्ष महिला सहभातिगाका नाममा नातागोताको भन्दा पनि दक्ष र नेतृत्वदायी भूमिका निभाउन सक्ने महिलाको सहभागिता हुनुपर्ने बताइन् । उनले आर्थिक रुपले पनि महिलालाई सवल बनाउनुपर्नेमा जोड दिइन ।

महिला हिंसाको डरलाग्दो रुप
प्रदेश नं. एकमा महिला हिंसाका घटनामा न्यूनिकरण आएको पछिल्ला केही तथ्याङहरुले देखाएका छन । गत वर्षको तुलनामा यो वर्ष महिला हिंसाका घटनामा करिब ४८ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको माघ महिना सम्ममा महिला हिंसाका ५ सय ६९ वटा मुद्धा दर्ता भएका छन् ।

जस मध्ये सवैभन्दा बढी जबरजस्ती करणीका २ सय ७७ वटा मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सोही महिना सम्ममा महिला हिंसा अन्तर्गत १ सय ३० वटा जबरजस्ति करणी उद्योग, ७९ वटा बहुविवाह, बोक्सीको आरोप २, जातीय छुवाछुतका ४, कर्तब्य ज्यानका ३६ र घरेलु हिंसाका ४१ मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरिक्षक केदार रिजालले जानकारी दिए । गत आर्थिक वर्षमा सोही अवधिमा १ हजार १ सय ९६ महिला हिंसाका मुद्धा दर्ता भएका थिए ।

Advertisement

जस मध्ये जबरजस्ती करणीका ३ सय ८४, जबरजस्ती करणी उद्योगका १ सय ८७, बहुविबाहका १ सय १३, बोक्सीको आरोप ७, जातीय छुवाछुत ३, कर्तब्य ज्यान ४४ र घरेलु हिंसाका ४ सय ५८ वटा मुद्धा दर्ता भएका छन् । अबका दिनमा महिला हिंसाका यस्ता हरेक घटनाका तथ्याङलाई शुन्यमा झारी हिंसारहित समाजतर्फ अब हामी सवै लाग्न जरुरी छ । संविधानले अंगिकार गरेको समानुपातिक समावेशी सहभागितामुलक सिद्धान्तको आधारमा आधा आकाश ढाक्ने महिलाको सहभागिता कार्यान्वयन तहमा सुनिश्चित हुन पनि उत्तिकै जरुरी देखिन्छ । अबको महिला आवाज त्यसतर्फ केन्द्रित होस् । अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top