विराटनगरका प्रमुख प्रशासकीय अधिकृत दाहाल गए आधिकारी आउने

विराटनगरका प्रमुख प्रशासकीय अधिकृत दाहाल गए आधिकारी आउने

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालको सरुवा भएको छ । दाहालको सरुवा भएपछि सामान्य प्रशासन मन्त्रालयले एकदेव अधिकारीलाई महानगरपालिका पठाएको छ ।

अधिकारी विराटनगरबासी नै हुन् । मोरङको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका अधिकारी प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउन लागेका हुन् ।

निजामती कर्मचारीभित्र कडा र हक्की स्वभावका दाहालको पछिल्लो समय मेयर भीम पराजुलीसँग राम्रो सम्बन्ध थिएन । सम्बन्ध चिसिएका कारण पराजुलीले असन्तुष्टि जनाएपछि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दाहालको सरुवा गरी अधिकारीलाई पठाएका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.