×

NEPAL TIMES UPDATES

Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026

गिटी कुटेर जिउन बाध्य महिलालाई थाहा छैन नारी दिवस

२५ फाल्गुन २०७५

रुकुम : दिनभर गिठ्ठी कुटेर आफ्ना बालबच्चा पालीरहेकी रुकुम पश्चिम त्रिबेणी गाँउपालिका ३ की बिना बादीलाई अन्तर्राष्ट्रिय महिला दिवसबारे थाहा छ नत कुनै राज्यका औपचारिक कार्यक्रम । ७ वर्ष पहिला श्रीमान गंगाराम अर्की श्रीमती लिएर भारत गएपछि छोरा छोरी र आफ्नो छाक टार्नका लागी पनि दिनभर यसरी गिठ्ठी कुट्न बाध्य छिन ।

छोराछोरीको पढाईको त कुरै छाडौं कसरी पाल्ने भन्ने चिन्ता मात्र उनीसँग छ । उनले १४ वर्षदेखी गिठ्ठी कुटिरहेकी छन् । चार सन्तानकी आमा भइसकेकी वीना दिनभर गिठ्ठी कुटेर साँझबिहानको छाकको जोहो गर्छिन् ।

Advertisement
Advertisement

बिना मात्र होइन त्रिबेणी १ कै मनकली परियार पनि दिनभर गिठ्ठी कुट्नमै व्यस्थ हुन्छिन् । मनकलीलाई कुनै दिवस र समारोहको पत्तै हुँदैन । आफ्नो हक अधिकारको पक्षमा कुन ठाँउमा के भइरहेको छ भन्ने कहिलै उनले थाहा पाइनन् ।

Advertisement
Advertisement

मनकलीलाई आफूले काम गरेको श्रमको मुल्य कति पाइरहेको छु भन्ने मात्र जानकारी छ । श्रम गरे अनुसार गिठ्ठीको मूल्य प्रति ट्याक्टर ५ हजार तथा प्रति कठ्ठा ७० रुपैयाँको दरले बिक्री गर्ने गरेको उनले बताइन् । उनले भनिन् “मलाई मेरो श्रमको मूल्य कसरी पाँउ भन्ने चिन्ता छ कुनै दिवसबारे मलाई थाहै छैन ।” ,यो समाचार धनवीर दाहालले नेपाल समाचारपत्रमा लेखेका छन्

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top