×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

महिलाले बजाए पञ्चेबाजा

२६ फाल्गुन २०७५

काठमाडौँ : गोरखाकी ४६ वर्षिया जानुका पौडेल सधँै नौला काम गर्न मन पराउनुहुन्थ्यो । पतिसँगै काठमाडौँमा रेष्टुरेन्ट चलाइरहेकै बेला उहाँलाई समाजमा अब चाहिँ केही गर्नुपर्छ भन्ने लाग्योे तर पतिसँग मत नमिलेपछि सम्बन्ध विच्छेद गरेर बालक छोरा काखी च्याप्दै उहाँ एक्लै नौलो सिर्जनामा जुट्नुभयो ।

महिला दिवसकै स्मरणमा उहाँले ‘आठ मार्च’ सशक्तीकरण मञ्च र आठ मार्च कृषि सहकारी संस्था २०७० सालमा गठन गर्नुभयो । कृषि फर्म नै खोलेर किसानी र व्यवसाय दुबै काममा उहाँले सफलता हात लगाउँदै अरूका लागि उदाहरणीय बन्नुभयो ।

Advertisement
Advertisement

उहाँको नौलो काम गर्ने धोको यतिमै सीमित रहेन । सहकारीमा महिला आवद्ध गराउँदै नयाँ काम गर्नुपर्छ भन्ने उद्देश्यले उहाँले महिला नौमती बाजाको समूह गठन गर्नुभयो । “सधैँ दलित समुदाय र त्यसमा पनि पुरुषले बजाउँदै आएको नौमती र पञ्चेबाजा गृहणीले बजाउन सक्छन् भन्ने आँटले थालियो,” उहाँले विगत सम्झँदै थप्नुभयो, “कतिले मानेनन्, कतिले अप्ठेरो माने तर सिकेपछि भने समूहको चर्चा हुनथाल्यो ।”

संस्थाकी उपाध्यक्ष प्रविना देवकोटा पेसाले विद्यालयकी प्राचार्य हुनुहुन्थ्यो । स्नातकोत्तर गरेपछि आफैँ विद्यालय सञ्चालन गर्दैगर्दा ढाड दुख्ने समस्याले थलिनुभयो । उहाँलाई चिकित्सकले नाच्ने, उफ्रने खालका कम्मरको थेरापी गर्न भन्नुभयो । संस्थामा आवद्ध भएपछि नौमती र पञ्चेबाजा बजाउनुपर्छ भनेर अध्यक्षलेभन्दा पहिले निकै असजिलो लाग्यो । “बाहुन त्यै माथि महिला, कसरी बजाउनु पञ्चेबाजा ?”, उहाँले उतिबेलाको पिर पोख्नुभयो, “घरमा पतिले झन् मेरो बेइज्जतै गर्ने भयौ भनेपछि विरक्तिनुभयो ।”

बाजा बजाउँदा रमाइलो हुने र शरीर पनि स्वस्थ हुन थालेपछि भने उहाँ आफैँ बाजा बजाउन रत्तिनुभयो । पैसा तिरेर गर्नुपर्ने थेरापी पैसा कमाएरै पूरा भएपछि नयाँ जीवन पाएको महसुस गर्नुभयो । टेम्को, दमाहा, सनही उहाँ पालैसँग बजाउनुहुन्छ । सनही बजाउन गीतको सुरताल जान्नुपर्ने हुँदा त्यो भने उहाँ घरमै सिक्नुहुन्छ ।

Advertisement

विदेशबाट समेत पञ्चेबाजा बजाउने अवसर आएको छ । “पञ्चेबाजाले नै देशविदेश घुमाएपछि बल्ल घरपरिवारले यो पेसालाई पक्कै सम्मानपूर्वक हेर्लान्,” उहाँ थप्नुहुन्छ, “पुरुषले मदिरा पिएर बजाएको पञ्चेबाजाभन्दा हामीले बजाएको बाजा लिनेको अचेल धेरै आकर्षण छ ।” यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top