केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुदा १ सय ५७ जनाको मृत्यु भएको आशंका गरिएको छ ।
विमानमा १४९ यात्रु र ८ जना चालक दलका सदस्य सवार थिए । इथियोपियाको राजधानी आडिस आबुबाबाट उडेको केहीबेरमा विमान दुर्घटनाग्रस्त भएको हो । इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।