×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

सिके राउतसँगको विषयले संसद तातियो

२६ फाल्गुन २०७५

प्रतिनिधिसभाका सांसदहरुले सिके राउतसंग भएको सहमतिबारे सदनमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै सांसदहरुले स्वतन्त्र मधेस गठबन्धनसंग सरकारले गरेको सहमतिले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि गम्भीर प्रश्न उब्जाएको भन्दै त्यसबारे सदनमा स्पष्ट पार्न माग गरेका हुन् । बैठकको विशेष र सुन्य समयमा बोल्दै सत्तारुढ दलकै सांसदहरुले पनि सरकार र गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे सदनलाई स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement

सांसद भीम रावले सरकारले सिके राउतसंग गरेको सहमति संविधान विपरित भएको भन्दै सहमतिमा भएको त्रुटी सच्याउन माग गरे । उनले सिके राउतले नेपालको संविधान विपरितका क्रियाकलाप गरेकाले अब नेपालको संविधानलाई आत्मसाथ गरेर नेपालको स्वाधिनता र अखण्डता अनुरुप शान्तिपुर्ण प्रतिष्पर्धामा जान तयार भएको पुरक बक्तव्य दिनुपर्ने दाबी गरे ।

सांसद डाक्टर मिनेन्द्र रिजालले सिके राउतसंग गरिएको सम्झौताको बुँदा नम्बर दुई विवादास्पद भएको भन्दै त्यसबारे सरकारले त्यसबारे सदनलाई स्पष्ट पार्नुपर्ने बताए । सांसद राजेन्द्रप्रसाद लिङ्देनले नेपाल सरकारसंगको सहमतिलाई सिके राउतले जनमतसंग्रह गर्न सरकार तयार रहेको भनी प्रचार गरिरहेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरे । उनले सिके राउतको समुहलाई राजनीतिक शक्तिको रुपमा मान्न सरकार तयार भएको हो भनी प्रश्न गरे । सांसद प्रेम सुवालले सिके राउतसंगको सहमति विदेशी दबाबमा भएको र नेपाल भारतको रणनीतिको चंगुलमा फसेको चर्चा चलेको भन्दै सरकारले सहमतिबारे सदनमा स्पष्ट पार्नुपर्ने माग गरे ।

सांसद महेश बस्नेतले सहमतिको २ नम्बर बुँदामा लेखिएको जनअभिमत भनेको आवधिक निर्वाचन भएको भन्दै कुव्याख्या नगर्न आग्रह गरे । उनले सरकार र सिके साउतसंग भएको सहमतिको डलर खेती गर्ने र सेलिब्रेटी राष्ट्रवादीहरुले मात्रै विरोध गरेको भन्दै सरकारको निर्णयको बचाउ गरे ।

Advertisement
Advertisement

बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धन बीच नेपालको संविधानको सिमा भित्र मधेस र मधेसीको हक खोज्ने सहमति सकारात्मक भएपछि यसको पृष्ठभूमि र शैलीले अदालत र सरकारबीच कतै मिलेमतो त चलिरहेको त छैन भन्ने गम्भीर प्रश्न उठाएको भन्दै सहमति बारे सदनमा छलफल गरिनुपर्ने माग गरे । उनले भने “सहमतिमा प्रयोग भएको शब्दाबलीको दुई पक्षको आ आफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संसयको घेरामा ल्याएको छ । के को लागि जनमतसंग्रह ? कसका लागि जनमत संग्रह ? हामी लाई उत्तर चाहिन्छ । ”

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top