×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

चन्द्रगिरि रिसोर्ट चैत्र १ देखि सञ्चालनमा आउने, केबुलकार र हेलिकप्टर यातायातकाे सुविधा

२७ फाल्गुन २०७५

काठमाडौं ,फागुन २७

धुलाम्मे काठमाडौं खाल्डोको व्यस्तताबाट ३० मिनेटको यात्रापछि पुगिन्छ थानकोट प्रहरी चौकी । त्यो चौकीबाट ३ सय मिटर बायाँ लागेपछि आउँछ चन्द्रगिरि केबलकारको बटम स्टेशन । समुन्द्री सतहबाट १४ सय मिटरको उचाईमा रहेको काठमाडौं खाल्डोबाट १५ मिनेट केबलकारको यात्रा गरेपछि पुगिन्छ, चन्द्रागीरी डाँडो जहाँ छ भालेश्वर मन्दिर । यो त्यहि ठाउँ हो जहाँबाट पृथ्वीनारायण शाहले काठमाडौंलाई पहिलो पटक नियालेका थिए र सोही पहिलो नजरबाटै यहाँको राजा हुने सपना देखेका थिए ।

Advertisement
Advertisement

पृथ्वीनारायण शाहले सपना देखेको त्यहि चन्द्रगिरि डाँडोमा बसेर यतिबेला बर्षेनी लाखौं आगन्तुकले सपना देखिरहेका छन् । अब त्यहिँ थपिँदैछ बुटिक रिसोर्ट । र, त्यो बुटिक रिसोर्टको ‘सफ्ट ओपनिङ’ चैत्र १ गते गर्ने तयारीमा चन्द्रागिरि व्यवस्थापन लागेको छ ।

‘एउटा रेष्टुरेन्ट, एउटा बार र केहि फुड आईटमसहित रिसोर्टको सफ्ट ओपनिङ गर्दैछौं’, चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेश प्रताप शाहले भने । त्यसका लागि हाल २ वटा ब्लकमा ४८ वटा रुम पूर्णत तयार भएका छन भने एउटा रेष्टुरेन्ट पनि । स्वीट रुम र अर्काे रेष्टुरेन्ट भने केहि समयपछि मात्रै खुला हुनेछ ।

रिसोर्ट सञ्चालनका लागि केहि समय ढिला भैसकेको निष्कर्षसहित चैत १ गतेलाई पहिलो चरणको सेवा आरम्भ गर्ने साइतका रुपमा अघि सारेको पनि शाह बताउँछन् । त्यसको ठिक ३ महिनापछि चन्द्रागिरि हिल्स रिसोर्ट पूर्ण रुपले सञ्चालनमा आउनेछ । चैत, बैशाख र जेठ महिनाको पर्यटकीय सिजनलाई मध्यनजर गरेर ‘ट्रायल ओपनिङ’ पछि सेवामा विस्तार र मूल्य निर्धारण हुनेछ ।

‘बुटिक रिसोर्ट’का रुपमा पाँच तारे होटलको सुविधासहित सञ्चालनमा आउने रिसोर्टले ‘सर्भिसमा कम्प्रोमाइज’ नगर्ने अठोट कसेको छ । शाह भन्छन–‘पछिल्लो समय फाइभ स्टार होटलहरुको सेवा र गुणस्तरमा प्रश्नहरु उठ्ने गरेका छन्, हामी यी दुबै पक्षमा कुनै सम्झौता गर्दैनौं ।’

गत वर्ष ७ लाख स्वदेशी तथा विदेशी पर्यटक केबलकार चढेर चन्द्रागिरि हिल्सको टुप्पोमा पुगेका थिए । त्यसरी केबलकार चढेर चन्द्रागिरि पुग्नेहरुलाई त्यहि बास बसेर प्रकृतिसँग स्पर्श गराउने अवसर दिन भन्दै रिसोर्ट निर्माण गरिएको हो ।

२, ५५१ मिटर उचाईमा रहेको रिसोर्टमा मौसम चिसो र हल्का पानी वर्षासँगै हिउँ पनि पर्छ । यस वर्षको हिउँदमा मात्र छ पटक चन्द्रागिरिमा हिमपात भयो भने निर्माणाधिन रिसाेर्ट घरीघरी हिउँले ढपक्क ढाक्यो । उच्च हिमश्रृंखला, घना वनको आनन्दका साथमा शान्त काठमाडौं उपत्यकाको दृश्यावलोकन समेत रिसोर्टबाट गर्न पाइन्छ ।

जसरी पोखरा, चितवन, अत्रपूर्ण राउण्ड जस्ता पर्यटनका प्याकेज बनिरहेका छन्, त्यसरी नै चन्द्रागि रिलाई पूर्णतः नयाँ गन्तव्यका स्थापित गराउने सोँच बनेको छ ।

वैवाहिक समारोह, हनीमुन र कर्पारेट ईभेन्ट हब

पछिल्लो समय नेपालमा विवाह, पार्टी, कर्पाेरेट इभेन्ट, मिटिङहरुका उपयुक्त गन्तव्य खोज्ने क्रम बढेको छ । त्यति मात्रै होइन, हनिमुन र सप्ताहन्त (विकेन्ड) मनाउने चलन पनि बढिरहेको छ । यसैलाई आफ्नो उपयुक्त बजारका रुपमा विस्तार गर्ने योजना रिसोर्टले बनाएको छ ।
‘भारतमा विवाहका लागि राज भिल्ला, ओमर भिल्ला जस्ता ठाउँहरु रोजिन्छन, हामीले पनि चन्द्रागिरि हिल्स रिसोर्टलाई त्यस्तै गन्तव्यका रुपमा स्थापित गराउन चाहेका हौं’, शाहले सुनाए ।

कस्तो हुनेछ रिसोर्ट ?

रिसोर्ट कुल १ सय रुम क्षमताको हुनेछ । जसमा स्वीट रुम, डिलसक्स रुम, एक्युटिभ रुम रहनेछन् । त्यसका अलवा नेपाली पन झल्कने र विश्वस्तरीय सेवा उपलब्ध हुने कफि शप र फुड कोर्ट हुनेछ । नेपाली फुड आइटमहरुलाई बिशेष प्राथमिकतामा राखिनेछन् ।

रिसोर्टमा एउटा बार, एउटा बोर्ड रुम र ३ वटा कन्फ्रेन्स हल हुनेछन् । त्यस बाहेक स्वीमिङ पुल, स्पा र हेल्थ क्लब पनि हुनेछन् । त्यस्तै, भिआईपी गेष्टहरुका लागि २ वटा हेलिप्याडको व्यवस्था पनि गरिएको छ । विदेशबाट आउने पर्यटकहरुलाई विमानस्थलबाट सिधै चन्द्रागिरि लैजाने सुविधा समेत प्रदान गरिनेछ । साथै विवाह समारोहमा बेहुला बेहुलीलाई हेलिकप्टरबाट आवतजावतको सुविधा प्रधान गर्ने कम्पनीको योजना छ । अधिकांश मानिस केबुलबार चढेर पुग्नेछन् ।

साथै, रिसोर्टका सबै संरचनाहरु ह्विलचेयरमैत्री छन् । अपाङ्गता भएका यात्रुहरुलाई चन्द्रागिरी केबुलकारदेखि मन्दिरसम्म सबै स्थानमा भ्रमण सक्ने गरि पूर्वाधार निर्माण गरेकोले नेपाल अपांगता महासंघले चन्द्रागिरीलाई अपांग मैत्री भनेर प्रमाणित गरिदिएको छ ।

सर्भिस स्ट्याण्डर्ड

चन्द्रागिरिले हाललाई विदेशी चेन होटलसँग साझेदारी गर्ने योजना बनाएको छैन । विदेशी होटल तथा रिसोर्टको चेन लिँदा पनि सर्भिस दिने नेपाली नै भएकाले अब आफ्नै ब्राण्ड स्थापित गर्ने अठोट देखिन्छ । ‘नेपालीपन झल्कने मौलिक रिसोर्ट बनाउन खोजेका छौं । हामीमा अतिथि देवो भवःको संस्कृति नै छ । आत्मियतासहितको नेपाली स्ट्याण्डर्डको सर्भिस दिन्छौं । बेलायत वा अमेरिकाको जस्तो होइन, नेपाली मोडलको चन्द्रागिरिको जस्तो सर्भिस होस भन्ने हाम्रो चाहना हो । त्यसैले हाललाई चेनमा जाने सोच छैन’–शाहले भने ।

नेपाली फुड, आत्मिय सेवा

नेपाली फुडलाई वेष्टर्न स्टाइलमा शोकेस गर्ने प्रयास गर्ने शाह बताउँछन् । खाना र सर्भिसलाई फिडब्याक अनुसार थप परिस्कृत गर्दै जाने उनी बताउँछन् । पूर्वाधारमा सम्झौता नगरेकाले सर्भिसमा पनि सम्झौता नगर्ने उनको भनाई छ । त्यसकारण यतिबेला उनको टिम ‘सिग्नेचर डिस’बारे केही अध्ययन गरिरहेको छ ।

नेपालको हस्पिटालिटी विश्व बजारमा राम्रो मानिन्छ । त्यसैलाई आत्मसाथ गर्दै रिसोर्टले शतप्रतिशत जनशक्ति नेपाली नै परिचालन गर्दैछ । केबलकारमा ८० स्थानीयले नै रोजगारी पाएका छन् । नेपालीपनको प्रवद्र्धन गर्ने भनेपछि स्थानीयलाई बिशेष ग्राह्यता दिएको उनले बताए । हाल केबल कारमा २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रिसोर्टले अझै थप रोजगारीको अवसर ल्याउँछ ।

‘वातावरण, पूर्वाधार, सुविधालाई मिल्ने गरि मूल्य निर्धारण हुनेछ । सेवा सुविधामा सम्झौता नगरेपछि मूल्यले खासै अर्थ राख्दैन् । फेरी पनि यसलाई न्यायसंगत नै बनाउने छौं, मूल्यमा गुनासो आउँदैन’–शाहले भने ।

४ अर्ब लगानी

२ अर्ब ५० करोड चुक्ता पुँजी भएको कम्पनीले हालसम्म ४ अर्ब लगानी गरेको छ । कम्पनीले बार्षिक साधारण सभाबाट १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्ने निर्णय गरिसकेको छ ।

साधारण सेयर निष्काशन गर्ने सम्बन्धमा नियमित प्रक्रियागत काम भईरहेको छ । ‘सम्बन्धीत निकायहरुबाट अनुमति जति चाँडो आउँछ त्यति चाँडो नै सार्वजनिक सेयर निष्काशन हुन्छ’ उनले भने ।

पाराग्लाईडिङसहितका थप योजना

चन्द्रागिरिमा ७ सय मिटर लामो जिप लाइन निर्माण हुँदैछ । त्यो भन्दा पहिले मिनी जिप लाइन र बालबालिकाका लागि केन्द्रित गरेर छुट्टै परियोजना पनि आउँदैछ । त्यति मात्रै होइन, क्लाम्बिङ बनाउने योजना पनि तय भएको छ । पाराग्लाईडिङ पनि विकास हुँदैछ ।
चन्द्रागिरिबाट उडेको पारागलाईडिङलाई चित्लाङ लैजाने योजना छ । हावाको चाप र भूगोलको बनोटबारे विस्तृत अध्ययन गर्ने, परीक्षण उडान भर्ने तयारी भईरहेको छ ।

स्थानीय विकासमा प्रभाव

गत वर्ष ७ लाख भन्दा बढीले चन्द्रागिरी केबलकारको यात्रा गरेका थिए । यसपाली दैनिक २ हजारको हाराहारीमा आगन्तुकहरुको संख्या पुगिरहेको छ । मानिसहरुको आवागमन वृद्धिसँगै स्थानीय तहमा नयाँ बजारको विकास भएको छ । केबलकारको तल्लो स्टेशनमा ९० वटा भन्दा बढी क्याफे, होटल र रेष्टुरेन्ट खुलेका छन् । त्यहाँ सैयौंले रोजगारी पाएका छन् । चन्द्रागिरि नगरपालिका, इन्द्रसरोबार गाउँपालिका र थाहा नगरपालिकालाई छोएको चन्द्रागिरि हिल्सले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि नयाँ उत्साह थपिएको छ । चित्लाङलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन चन्द्रागिरि हिल्सले ठूलो योगदान पुर्याएको छ ।

Advertisement

२ वर्ष भन्दा बढी समय भयो केबलकार सञ्चालनमा आएको । ‘३ वटै सरकारसँग राम्रो सम्बन्ध छ । ३ वटा स्थानीय तहसँग हामीले निरन्तर सहकार्य भैरहेको छ । सबैको सहयोगबाट नै यस परियोजनाले सफलता पाईरहेको छ’ शाहले भने ।(विकास न्युजबाट)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top