एसइई परीक्षा यसकारण कठिन बन्दै

२६ पुस ७४, बिहीबार

आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको खबर आजको नयाँ पत्रिकामा छ ।

कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

उच्चस्तरीय शिक्षा आयोगको बुधबारको बैठकमा आयोग
सदस्य तथा बोर्डका अध्यक्ष पौडेलले अहिले जिल्ला शिक्षा कार्यालयले एसइइको ९५ प्रतिशत काम सकेको बताए । जिशिका नहुने भएपछि यसको संक्रमणकालिन ब्यवस्था नभएमा नतिजाका लागि विश्वविद्यालयमा जस्तै महिनाैँ पर्खिनुपर्ने अवस्था आउने चिन्ता ब्यक्त गरे । उनले भने, ‘चैत ८ देखि हुने एसइइ परीक्षा त राम्रोसंँगै सम्पन्न होला, परीक्षा सकेपछि जिशिका रहँदैन, त्यसपछि उत्तरपुस्तीका कहाँ, कसले परीक्षण गर्ने भन्ने लगाएतका गम्भीर समस्या उत्पन्न हुने छन् ।’

Advertisement

यसकारण समस्या
देश संघीयतामा गएपछि जिल्ला शिक्षा कार्यालय खारेज हुँदै छ । एसइईसम्बन्धी धेरै काम जिशिकाबाटै हुने गरेका थिए । विद्यार्थीको रजिस्ट्रेसन, परीक्षाको आवेदन फारम भराउने, परीक्षा केन्द्र निर्धारण गर्ने, केन्द्रबाट पठाएका प्रश्नपत्र र उत्तरपुस्तिका राखेर केन्द्रसम्म पुर्‍याउने र संकलन गर्ने, परीक्षाको समन्वयको काम जिशिकाले गर्दै आएको छ । त्यसैगरी परीक्षा सम्पन्न भइसकेपछि केन्द्रको निर्णयअनुसार उत्तरपुस्तिका परीक्षणका लागि अरू जिल्लामा पुर्‍याउने, अरू जिल्लाबाट आएकालाई परीक्षणको व्यवस्थापन गर्ने काम गर्दै आएको छ । तर, सम्पर्क गर्ने र कामको जिम्मेवारी दिने निकाय नहुँदा विद्यार्थीको तथ्यांक संकलनमा जटिलता आउनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top