×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राउत सँगको सम्झौता सकारात्मक भएपनी मधेशमाथि भित्री षड्यन्त्र : नेता कादीर

२९ फाल्गुन २०७५

किशोर विश्वकर्मा
विराटनगर, फागुन २९
राष्ट्रिय जनता पार्टी (राजपा) मोरङका अध्यक्ष मो. कादीरले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबिच भएको सम्झौता सकारात्मक भएपनी केही बुँदाहरुमा असहमती रहेको बताएका छन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता कादीरले सरकार र राउतबिच भएको सम्झौता स्वागत योग्य भएपनी केही बुँदाहरुका कारण मधेश माथि पुन : षड्यन्त्र गरिन खोजेको आरोप लगाएका हुन् ।

Advertisement
Advertisement

उनले आफ्नो पार्टी जहिल्यै राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको बताउँदै सरकार र राउतले मधेशी जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए । नेता कादीरले सरकार र राउतबिच भएको ११ बुँदे सम्झौताका केही बुँदामा आफुहरुको असहमति रहेपनी कुन कुन बुँदा भन्ने खुलाएनन् ।

लामो समयदेखी मुलुक विखण्डनको पक्षमा लाग्दै आएका राउतलाई शान्तिपूर्ण, लोकतान्त्रीक राजनितिक मुलधारमा ल्याउन सक्नु प्रधानमन्त्ती केपी शर्मा ओलीको ठुलो सफलता भएको उनले दावी गरे ।

उनले सम्झौतामा जनमत संगहको कुरा उल्लेख नभएपनी चौतर्फी रुपमा झुटो प्रचारबाजी भएको बताए । नेता कादीरले मधेशका माग कमजोर बनाउन राउतले ठुलो भुमिका खेल्दै आएको बताउँदै निर्वाचनमा राउतले ‘कोठ्ली बाहर छाप’ भन्ने अभियान चलाएर अधिकारबाट बञ्चीत गर्न खोजेको हाल आएर पुष्टि हुँदै गएको आरोप लगाए ।

उनले मधेशी जनतालाई अधिकार सम्पन्न बन्न नदिन राज्य पक्षले अप्रत्यक्ष रुपमा राउतलाई प्रयोग गरेको ११ बुँदे सम्झौताबाट स्पष्ट भएको बताए । उनले सरकारले राउतलाई सुनियोजितरुपमा मधेशमा प्रयोग गरेको दावी गरे ।

Advertisement

नेता कादीरले विगतमा सरकार र मधेशबादी दलबिच भएको सहमति कार्यान्वयन गर्ने तर्फ सरकार अग्रसर नभएको आरोप लगाउँदै अब मेचीदेखी महाकाली सम्म समग्र मधेश एक प्रदेशको एजेण्डा लिएर अघि बढ्नुपर्नेमा जोड दिए । जनताबाट अत्याधिक मतल्याए निर्बाचीत रेशम चौधरीलाई सरकारले फसाएर सरकारले मधेशमाथि पुन दमन गरिरहेको दावी गरे ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top