NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

सिके राउत पक्षबाट ११ बूँदे सम्झौता कार्यान्वयन नभएको आरोप

बुधबार फाल्गुन २९ , २०७५
Reading Time: 1 min read
A A
‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ,फागुन २९

राष्ट्रियसभाको आजको बैठकमा सांसद बलराम बाँस्कोटाले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच सम्झौता हुनु सरकारको महत्वपूर्ण कार्य भए पनि सम्झौतालगत्तै स्वतन्त्र मधेशको नारा घन्केको अवस्थालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा सांसद बाँस्कोटाले सम्झौतानुसार गठबन्धनका संयोजक सिके राउतले कार्यान्वयन गर्नुपर्ने नत्र सरकारले उनलाई गिरफ्तार गर्नुपर्ने सुझाव दिए । नेपालको संविधानले कुनै पनि दललाई प्रतिबन्ध लगाउने अधिकार नदिएको उल्लेख गरेको भन्दै सांसद बाँस्कोटाले संविधान नमान्नेलाई प्रतिबन्ध लगाउनुभन्दा पनि मूल धारमा ल्याउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

Advertisement

सांसद बद्रीप्रसाद पाण्डेले सरकार र राउतबीच भएको ११ बूँदे सम्झौतामा राउत मौन देखिएको बताउँदै सम्झौताको ११ बूँदामा सम्झौता आजैदेखि लागूहुने भनिए पनि सम्झौताकै भोलिपल्ट स्वतन्त्र मधेश लेखिएका तुल प्रदर्शन गरिएको प्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद कमल वलीले राष्ट्रको उन्नति र विकासका लागि सपना देख्ने र नाकाबन्दीका बेलामा राष्ट्रभक्तिको भावनाबाट राष्ट्रलाई जोगाउन खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली देशभक्त भएको बताए ।

सांसद वृषेशचन्द्र लालले नेत्रविक्रम चन्द नेतृत्वको निर्वाचन आयोगमा दर्ता नभएको नेकपालाई प्रतिबन्ध लगाउनाले राजनीतिक स्वार्थका लागि निर्दोष मारिने र धनजनको क्षति हुने हुनाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।

सांसद रामचन्द्र राईले वातावरण संरक्षण गर्नका लागि इलेक्ट्रोनिक मोटरसाइकल र स्कुटर दर्ता गर्ने व्यवस्था गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । सांसद विन्दादेवी आलेले खाडी मुलुकमा लगाइएको प्रतिबन्धका कारण धेरै महिलाले यातना भोग्नुपरेको हुँदा सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

सांसद प्रमिला कुमारीले थरुहट र मधेश आन्दोलनको छानबीनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वका गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

सांसद कालीबहादुर मल्लले सरकारले चन्द नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउन हतार गरेको उल्लेख गर्दै सो समूहलाई सरकारले वार्ता वा छलफलका लागि कति पटक पहल गर्यो भन्नेबारे प्रधानमन्त्रीले नेपाली जनतालाई जानकारी दिनुपर्नेमा ध्यानाकर्षण गराए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मागमा विषयमा सरकारलाई अर्को बैठकमा जवाफ दिन निर्देशन दिए ।

पुल निर्माणलाई तीव्रता दिन माग
राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदले बर्षा शुरु हुन लागेको हुनाले पुल निर्माणलाई सरकारले तीव्रता दिनुपर्नेमा जोड दिइएको छ । बैठकमा सांसद दुर्गाप्रसाद उपाध्यायले लुम्बिनी पर्यटकीय र धार्मिक महत्वको स्थल भएको हुनाले त्यहाँ जाने बाटामा रहेको बेथानी पुल निर्माण अझै हुन नसकेको उल्लेख गर्दै पप्पु कन्स्ट्रक्सनले काम नगरेको हुनाले ठेक्का अर्कालाई दिएर भए पनि पुल निर्माण गर्नुपर्ने सुझाव सरकारलाई दिए ।

सांसद प्रकाश पन्तले पोखरामा रहेको विजयपुर पुल निर्माण भएको ११ वर्ष नपुग्दै भत्किन लागेको हुँदा बर्खायाम नलाग्दै निर्माण गर्न माग गरे । सांसद नैनकला ओझाले देशमा सुकुम्बासी समस्या अझै पनि समाधान नभएको उल्लेख गर्दै कतिपय सुकुम्बासीका नाममा पुर्जासमेत नभएको भनी सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद रमेशजङ्ग राजमाझीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने अनि स्वतन्त्र मधेशको नारा लगाउने सिके राउतलाई मूल धारमा ल्याउने व्यवहारले कसैलाई काखा र कसैलाई पाखा भएको बताए । सांसद रमेशप्रसाद यादवले २०७२ सालमा थरूहट र मधेश आन्दोलनको छानबीनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द लालको संयोजकत्वका गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।रासस

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.