×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिके राउत पक्षबाट ११ बूँदे सम्झौता कार्यान्वयन नभएको आरोप

२९ फाल्गुन २०७५

काठमाडौँ,फागुन २९

राष्ट्रियसभाको आजको बैठकमा सांसद बलराम बाँस्कोटाले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच सम्झौता हुनु सरकारको महत्वपूर्ण कार्य भए पनि सम्झौतालगत्तै स्वतन्त्र मधेशको नारा घन्केको अवस्थालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Advertisement
Advertisement

राष्ट्रियसभाको विशेष समयमा सांसद बाँस्कोटाले सम्झौतानुसार गठबन्धनका संयोजक सिके राउतले कार्यान्वयन गर्नुपर्ने नत्र सरकारले उनलाई गिरफ्तार गर्नुपर्ने सुझाव दिए । नेपालको संविधानले कुनै पनि दललाई प्रतिबन्ध लगाउने अधिकार नदिएको उल्लेख गरेको भन्दै सांसद बाँस्कोटाले संविधान नमान्नेलाई प्रतिबन्ध लगाउनुभन्दा पनि मूल धारमा ल्याउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद बद्रीप्रसाद पाण्डेले सरकार र राउतबीच भएको ११ बूँदे सम्झौतामा राउत मौन देखिएको बताउँदै सम्झौताको ११ बूँदामा सम्झौता आजैदेखि लागूहुने भनिए पनि सम्झौताकै भोलिपल्ट स्वतन्त्र मधेश लेखिएका तुल प्रदर्शन गरिएको प्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद कमल वलीले राष्ट्रको उन्नति र विकासका लागि सपना देख्ने र नाकाबन्दीका बेलामा राष्ट्रभक्तिको भावनाबाट राष्ट्रलाई जोगाउन खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली देशभक्त भएको बताए ।

सांसद वृषेशचन्द्र लालले नेत्रविक्रम चन्द नेतृत्वको निर्वाचन आयोगमा दर्ता नभएको नेकपालाई प्रतिबन्ध लगाउनाले राजनीतिक स्वार्थका लागि निर्दोष मारिने र धनजनको क्षति हुने हुनाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।

सांसद रामचन्द्र राईले वातावरण संरक्षण गर्नका लागि इलेक्ट्रोनिक मोटरसाइकल र स्कुटर दर्ता गर्ने व्यवस्था गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । सांसद विन्दादेवी आलेले खाडी मुलुकमा लगाइएको प्रतिबन्धका कारण धेरै महिलाले यातना भोग्नुपरेको हुँदा सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

सांसद प्रमिला कुमारीले थरुहट र मधेश आन्दोलनको छानबीनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वका गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

सांसद कालीबहादुर मल्लले सरकारले चन्द नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउन हतार गरेको उल्लेख गर्दै सो समूहलाई सरकारले वार्ता वा छलफलका लागि कति पटक पहल गर्यो भन्नेबारे प्रधानमन्त्रीले नेपाली जनतालाई जानकारी दिनुपर्नेमा ध्यानाकर्षण गराए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मागमा विषयमा सरकारलाई अर्को बैठकमा जवाफ दिन निर्देशन दिए ।

पुल निर्माणलाई तीव्रता दिन माग
राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदले बर्षा शुरु हुन लागेको हुनाले पुल निर्माणलाई सरकारले तीव्रता दिनुपर्नेमा जोड दिइएको छ । बैठकमा सांसद दुर्गाप्रसाद उपाध्यायले लुम्बिनी पर्यटकीय र धार्मिक महत्वको स्थल भएको हुनाले त्यहाँ जाने बाटामा रहेको बेथानी पुल निर्माण अझै हुन नसकेको उल्लेख गर्दै पप्पु कन्स्ट्रक्सनले काम नगरेको हुनाले ठेक्का अर्कालाई दिएर भए पनि पुल निर्माण गर्नुपर्ने सुझाव सरकारलाई दिए ।

सांसद प्रकाश पन्तले पोखरामा रहेको विजयपुर पुल निर्माण भएको ११ वर्ष नपुग्दै भत्किन लागेको हुँदा बर्खायाम नलाग्दै निर्माण गर्न माग गरे । सांसद नैनकला ओझाले देशमा सुकुम्बासी समस्या अझै पनि समाधान नभएको उल्लेख गर्दै कतिपय सुकुम्बासीका नाममा पुर्जासमेत नभएको भनी सरकारको ध्यानाकर्षण गराईन् ।

Advertisement

सांसद रमेशजङ्ग राजमाझीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने अनि स्वतन्त्र मधेशको नारा लगाउने सिके राउतलाई मूल धारमा ल्याउने व्यवहारले कसैलाई काखा र कसैलाई पाखा भएको बताए । सांसद रमेशप्रसाद यादवले २०७२ सालमा थरूहट र मधेश आन्दोलनको छानबीनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द लालको संयोजकत्वका गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top