×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

प्रदेश प्रहरी कार्यालय विराटनगरको ५ तले भवन शिलान्यास , २ वर्षमा बनिसक्ने

२९ फाल्गुन २०७५

विराटनगर, फागुन २९
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । १ नम्बर प्रदेश सरकारबाट बहुबर्षीय बजेट ब्यवस्था भए अनुसार आर्थीक बर्ष ०७५/०७६ मा रु ५ करोड बजेट बिनियोजित भई सम्झौता भएको मितिले २ बर्ष भित्रमा १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुबिधा युक्त कार्यालय भवन निर्माण सम्पन्न हुने गरी आज प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले एक समारोहका विच शिलालेख अनावरण गरी विधिवत रुपमा शिलान्यास गरेका हुन् ।

साथै प्रमुख अतिथी माननीय मुख्य मन्त्रीज्यूले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा चार पाङग्रे गाडी र २०० वटा मोटरसाईकलको रिवन काटेर परिचालन शुभारम्भ समेत गरेका हुन् ।  कार्यक्रमलाई सम्बोधन गर्देै मुख्यमन्त्री राईले सुरक्षा अवस्था मजबुत नभएसम्म बिकास निर्माणलाई अगाडी बढाउन नसकिने धारणा राख्दैै प्रदेश सरकारले पहिलो प्राथामिकतामा सुरक्षा ब्यबस्था बलियो बनाउने नीति रहेको बताए । उनले सुरक्षा ब्यवस्था मजबुत नभएसम्म आम नागरीकहरुले सुरक्षा प्रत्याभुती गर्न नसक्ने हुँदा सबैले सुरक्षाको प्रत्यक्ष अनुभुती पाउने गरी नागरीक मैत्री सुरक्षा ब्यबस्थालाई अवलम्बन गरीएको पनि प्रस्ट पारे ।

Advertisement
Advertisement

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी प्रहरी नायव महानिरीक्षक केदार रिजालले स्वागत मन्तब्य राख्दै सुरक्षा पहिलो र आधारभुत सर्त रहेको बताउदै आन्तरिक शान्ति सुरक्षाकोअग्र भागमा रहने नेपाल प्रहरीलाई चुस्त दुरुस्त र प्रबिधीमैत्री बनाउन भौतिक पुर्वाधार लगाएतका श्रोत साधनहरुको पनि त्यतिकै आवश्यकता रहेको हुँदा प्रदेश सरकार बाट नेपाल प्रहरीलाई भौतिक पुर्वाधार युक्त बनाउने नीति अत्यन्तै सान्दर्भीक रहेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले सुरक्षा ब्यबस्था मजवुत भएमा मात्र समृद्धी तर्फ अगाडी बढ्न सकिने तथ्यलाई प्रदेश सरकारले आत्मसाथ गरेको धारणा राखेका थिए । प्रदेश सभाका सभामुख माननीय प्रदिप कुमार भण्डारीले आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन रहने प्रहरी कर्मचारी भौतिक रुपमा सम्पन्न हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथी लगायत सम्पुर्ण आमन्त्रीत अतिथीहरुलाई धन्यवाद ज्ञापन गर्दैै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जहाँ सुरक्षित वातावरण छ त्यहाँ बिकासका कामहरु धमाधम हुने हुँदा कुनै पनी अवैध किसिमका क्रियाकलापहरु क्षम्य नहुने बताए । उनले प्रहरीलाई सुबिधा सम्पन्न बनाउने प्रदेश सरकारको नीतिलाई शिरोपर गर्दै सुबिधा सम्पन्न भवन निर्माणले प्रहरी कर्मचारिहरुमा काम गर्ने थप हौसला प्रदान गर्ने बताउँदै प्रदेश सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरे । उनले सुरक्षा ब्यबस्थालाई मजबुत बनाउन प्रदेश सरकारबाट पाएको सामिप्यता र अबिभावकत्व आफुले पनि मनन गरेको हुँदा बिकास निर्माण लगायतका सम्पुर्ण कार्यहरुमा आवश्यकता अनुसार सुरक्षा ब्यबस्था प्रदान गर्न निर्देशन समेत दिए ।

Advertisement

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय भवनको डिजाईन तयार गर्ने आर्किटेक्ट ईन्जिनियर श्री कंचन विष्ट रानालाई सम्मान पत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा १ नम्बर प्रदेशका मन्त्री, प्रदेश सभाका सदस्य, जिल्ला समन्वय समितीका सभापति, प्रदेश प्रमुख सचिवज्यू, मुख्य न्यायधिवक्ताज्यू, प्रदेश कानुन मस्यौदा आयोगका अध्यक्ष, अन्य सुरक्षा निकायका प्रदेश प्रमुखहरु,प्रदेश मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा उप(प्रमुख ,विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी ज्यूहरु, संचारकर्मी, उद्योगी, व्यवसायी, शिक्षक, बिद्यार्थी लगायत करिव ४०० जनाको उपस्थिती रहेको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top