विराटनगर, फागुन ३०
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्रको लागि मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा ५० बिगाहा जग्गा उपलब्ध भएको छ । पूर्वाञ्चल विश्वविद्यालय नजिक रहेको उक्त जग्गा बुधवार तालीम केन्द्रको नाममा प्राप्त हुन आएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
हाल १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, सशस्त्र प्रहरी गण मुख्यालय रानी र तालीम केन्द्र गरि ३ वटै प्रहरी कार्यालयहरु एकै स्थानमा रहेकोमा पर्याप्त जग्गा र स्थान अभावमा प्रशिक्षण सम्बन्धि विभिन्न गतिविधिहरु संचालन गर्न असहजता रहेको थियो ।
उक्त स्थानमा तालिम केन्द्र स्थानान्तरण भए पश्चात फराकिलो स्थान हुने हुनाले तालीमका लागि उचित वातावरण र पर्याप्त भौतिक पूर्वाधार निर्माण गर्न समेत सहज हुने भएको छ ।