×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

क्लब वर्ल्ड कपको नियममा फिफाले ल्यायो ठुलो परिवर्तन : यस्तो छ नयाँ नियम

३ चैत्र २०७५

एजेन्सी, चैत्र ३
फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकप फुटबलको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णाय गरेको छ । अघिल्लो दिन फिफका अध्यक्ष जियानी इन्फान्टिनोले यस्तो निर्णय भएको पुष्टि गरेका छन् ।

अमेरिकाको मायामीमा अघिल्लो दिन बसेको फिफा काउन्सिलको बैठकले सन् २०२१ देखि यस प्रतियोगितामा नयाँ ढाँचा लागू गरेको हो । फिफाले अब यस प्रतियोगितामा कूल २४ टिमलाई सहभागी गराउने निर्णय गरेको छ । यसअघि भने वार्षिक रूपमा ७ टिमले मात्रै यस प्रतियोगितामा सहभागी जनाउँदै आएका थिए ।

Advertisement
Advertisement

यसअघि वार्षिक रूपमा हुँदै आएको यो प्रतियोगितामा अब भने हरेक ४–४ वर्षमा आयोजना गरिने भएको छ । अब नयाँ ढाँचाले यसअघि ७ टिम सहभागी भएर खेलाइने प्रतियोगितालाई विस्तापित गर्नेछ । यसअघि यस प्रतियोगितामा महाद्वीपस्तरबाट शीर्ष क्लब प्रतियोगिता जित्ने टोलीबीच प्रतिस्पर्धा गराइन्थ्यो । सो प्रतियोगिता डिसेम्बरमा हुँदै आएको थियो । तर, अब नयाँ ढाँचाको प्रतियोगिता भने २४ टिमलाई सहभागी गराएर सन् २०१ बाट गराइनेछ । सो प्रतियोगिता जुन र जुलाई महिनामा हुनेछ ।

युरोपका ठूला क्लबद्वारा बहिष्कार गर्ने चेतावनी

Advertisement
Advertisement

फिफाले क्लब विश्वकपमा नयाँ ढाँचा ल्याएसँगै युरोपका ठूला क्लबले भने यो प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएका छन । उनीहरूले फिफाको नयाँ ढाँचामा असमझदारी राख्दै यस्तो चेतावनी दिएका हुन् । यता, फिफाले भने यस प्रतियोगितालाई पनि थप व्यापक र सहभागीमूलक बनाउन ढाँचा परिवर्तन गरिएको बताएको छ । उसले नयाँ ढाँचाबाट प्रतियोगिताको दायारा बढ्ने अपेक्षा समेत लिएको छ । युरोपियन क्लबहरूको बहिष्कार चेतावनीबारे फिफा अध्यक्षले आफूहरूले सबैसँग छलफल गरेर अघि बढ्ने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top