सुनसरीको दुहबीमा वृत्ति परामर्श तथा रोजगार मेला

सुनसरीको दुहबीमा वृत्ति परामर्श तथा रोजगार मेला

विराटनगर, चैत ३
हरेक दिन बढ्दै गएको बेरोजगारी समस्यालाई ध्यानमा राखेर उद्योग संगठन मोरङको अग्रसरतामा सुनसरीको दुहबीमा वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । यही चैत ५ गते मेला आयोजना गर्न लागिएको उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले बताए ।

दुहबी नगरपालिका, बूढीगंगा गाउँपालिका र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा मेला आयोजना गर्न लागिएको हो । मेलामा सिटिइभिटी, ईन्स्योर, मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यावसायिक सीप तालिम प्रदायक संघ प्रदेश–१ को सहयोगमा हुनेछ ।

मेला बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुने अध्यक्ष घिमिरेले बताए । आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार मेलाको प्रदेश–१ का मुख्यमनत्री शेरधन राईले उद्घाटन गर्नेछन् ।मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा ६ सयभन्दा बढी उद्योग छन् । जसमा ७० हजारभन्दा बढी मजदुर कार्यरत छन् । अझै ५ हजार मजदुरको आवश्यकता रहेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.