×

NEPAL TIMES UPDATES

Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026

माननीय रेशम चौधरीलाई अविलम्ब रिहा गर्नुपर्छ : बाबुराम भट्टराई

४ चैत्र २०७५

काठमाडौं, चैत ४
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित सांसद रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले टीकापुर घटना राजनीतिक विद्रोह भएको भन्दै जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेका हुन् ।

Advertisement
Advertisement

‘टिकापुर घटना राजनीतिक घटना हो । यसलाई आपराधिक घटनाका रुपमा लिनुहुँदैन । यसलाई राजनीतिक रुपले नै सम्बोधन गर्नुपर्छ । माननीय रेशम चौधरी लगायत सबैलाई अविलम्ब रिहा हुनुपर्छ’, डा. भट्टराईले भने । गत फागुन २२ गते रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बाबुराम भट्टराईले सिके राउतलाई अनावश्यक महत्व दिएको पनि आरोप लगाए । ’सिके राउतलाई सरकारले ‘गौतम बुद्ध र पृथ्वीनारायण शाह पछिको एक मात्र व्यक्तित्व’ जसरी प्रस्तुत गर्यो,’ उनले भने ।

यस्तै उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु सरकारको हतारोमा गरिएको अपरिपक्व निर्णय भएको पनि स्पष्ट पारे ।

Advertisement
Advertisement

विप्लवलाई प्रतिबन्ध गर्नु ठिक नभएको भन्दै डा. बाबुराम भट्टराईले ध्वंसात्मक क्रियाकलाप सामान्य कानूनी प्रक्रियाद्वारा नै नियमन गर्न सकिने बताए । विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गरेको उनको भनाइ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top