विराटनगर बसपार्कबाट लागूऔषध सहित १ जना पक्राउ

विराटनगर बसपार्कबाट लागूऔषध सहित १ जना पक्राउ

विराटनगर, चैत ४
विराटनगर महानगरपालिका- १५ बसपार्क नजिकैबाट प्रहरीले आइतबार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

अपरान्ह ४ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी वराह नगरपालिका-१ बस्ने २० वर्षीय मोहन शाहलाई पक्राउ गरेको हो ।

शाहको साथबाट प्रहरीले डाईजेल्याब-५५ एम्पुल, एभिल-५५ एम्पुल, लुपिजेसिक-५५ एम्पुल र स्पास्मोप्रोक्सिभन-८ चक्कि बरामद गरेको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.