×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

विराटनगरको ६ लेन सडकका नाला दुर्घटनाको धराप बन्दै

४ चैत्र २०७५

टेकराज बन्जरा

विराटनगर,चैत ४
जोगवनी–किमाथाङका जोड्ने ६ लेन सडकको निर्माण कार्य अहिले धमाधम भईरहेको छ । सो सडकको बरगाछीदेखि टंकीसिनवारीस्थित विराटनगर गेटसम्मको सडकखण्ड निमार्ण सम्पन्न गरी सञ्चालनमा आएको निकै समय भईसकेको छ । तर निर्माण कम्पनीले सञ्चालनमा आएको सडक छेऊको नालामाथि स्ल्याप नराखेका कारण आम सर्वसाधारण जोखिम मोल्न बाध्य छन् । बीचमै अपुरो निर्माण गरी छाडिएका नालाहरु पैदलयात्रुका लागि अहिले धराप बनिरहेका छन भने नाला फोहोर फयाक्ने डम्पिङ साइड बनेका छन् ।

Advertisement
Advertisement

निर्माणको ठेक्का पाएको भूमि कन्ट्रकसनले विराटनगर– ४ पिपलचौकमा नाला निर्माण गरेको २ वर्ष बितिसक्दा पनि नालामाथि स्ल्याप नराखेको पाईएको छ । लामो समयबाट सञ्चालनमा आएको सडकछेऊको नालामा स्ल्याप नराखिँदा नालामा बाहिरबाट फ्याँकिएको फोहोर भरिएर दुर्गन्धित हुनुका साथै आवतजावत गर्ने मानिस र त्यहाँका स्थानीयहरु जोखिम मोल्न बाध्य छन् । गर्मी मौसम सुरु भएसँगै दुर्गन्धित नालाका कारण रोग फैलिने त्रासपनि उतिकै बढेको छ ।

आवत जावत गर्ने मानिसहरुको कतिपय सामानहरु नालामा झरेको र नालामा परेर जुनसुकैबेला मानवीय दुर्घटना हुनसक्ने स्थानीय बताउँछन् । नाला गहिरो र फोहोर भएका कारण त्यहाँ अकस्मात केही बस्तु झरेमा निकाल्न सकिने अवस्था नरहेको उनीहरुको भनाई छ । अझ रातकोसमय मानवीय दुर्घटना हुनसक्ने सभावना बढी रहेको उनीहरुको भनाइ छ । यसबारे पटक–पटक सरोकारवालालाई जानकारी गराउँदा पनि पहल नगरेको उनीहरुको गुनासो छ । स्थानीयले नालामाथि स्ल्याप हालिदिन ठेकेदारलाई अनुरोध गर्दा वेवास्ता गर्ने गरेको बताएका छन् ।

लुगा धुलाईको काम गर्दै आएका स्थाननीय पप्पु रजकले नालामाथि स्ल्याप हालिदिन ठेकेदारलाई भन्दा आफ्नो कपडा धाईदिएमात्र स्ल्याप हालिदिने भनेको बताए । उनले आवतजजावत गर्ने मान्छेको नालामा धेरै सामान झर्ने गरेको बताए । त्यस्तै स्थाननीय उद्धव कोइरालाल नाला दुर्गन्धित भएका कारण वर्षायाममा रोग फैलिनसक्ने बताए ।नालामाथि स्ल्याप हाल्न धेरै ठाउँ गएको तर कसैले नसुनेको स्थाननीयहरु बताउँछन् । विराटनगर– ४ निवासी केदार पोखरेलले नालामा आवत जावत गर्ने मान्छेले फोहार फ्याँकेर भरिएको र वर्षायाममा नाला थुनिएर समस्या सिर्जना हुनसक्ने बताए । नालामा कतै सुख्खा फोहोर भरिएका कारण मुसाले भत्काउन थालेको छ भने कतै फोहोर कुहिएर दुर्गन्धित बनेको छ ।

नालामाथिको स्ल्याप निर्माण गरिएको मिती

फोहोर र नाला ब्यवस्थापनका लागि उपभोक्ताको हितका लागि आवाज उठाउने ब्यक्तिहरुले समेत विभिन्न स्थानमा पहल गरेपनि उपलब्धि शुन्य रहेको बताएका छन । उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले पनि धरापका रुपमा परिणत भएका नालाको ब्यवस्थापनका लागि स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म पहल गर्दा पनि ति निकायले वास्ता नगरेको गुनासो गरे ।

निर्माण कम्पनीले भने सडक बनाउन आफुहरु लागेकोले कामदारको अभावमा निर्माण गर्न नसकिएको र आगामी एक महिना सम्ममा स्ल्याप हाल्न बाँकी रहेका ठाउँहरुमा स्ल्याप हालिने बताएको छ । सडक सञ्चालनमा आएको लामो समयसम्म पनि नाला नबनाउँदा मानवीय दुर्घटना हुनसक्ने जोखिम बढ्नुका साथै दुर्गन्धित नालाले वातावरण प्रदुषण सँगै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पारेको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top