×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साफ महिला च्याम्पियनसिप : गोल नखाई फाइनल पुग्ने नेपालको लक्ष्य

५ चैत्र २०७५

विराटनगर,चैत्र ५
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपलाले भोलि बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।विराटनगरको शहीद रंगशालामा विहान ११ बजे नेपालले पहिलो सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ भने दोस्रो सेमिफाइनलमा भोलि नै दिउँसो ३ बजे बंगलादेशले भारतको सामना गर्नेछ ।

समुह चरणमा एक गोल पनि नखाई सेमिफाइनलमा पुगेको नेपाल गोल नै नखाई फाईनल पुग्ने योजनामा छ । सेमिफाइनलको अघिल्लो दिन नेपाली टोलीका प्रशिक्षक हरि खड्काले आफ्नो टिमलाई साफ च्याम्पियन बन्न कुनै टिमले रोक्न नसक्ने दाबी गरे । उनले आफ्नै भूमि र दर्शकको साथको भरपुर फाइदा उठाउने बताए । उनले भने ‘तयारी सकियो । हामी शारीरिक र मानसिक रुपमा तयार छौं ।’

Advertisement

नेपाललाई प्रतियोगिताकै बलियो टिम मानिएको छ । समूह ‘ए’ को विजेता बनेर अघिल्लो चरणमा पुगेको नेपालले गोल खाएको छैन । उद्घाटन खेलमा भुटानमाथि ३–० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई पनि ३–० नै हरायो ।

आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २–० ले हराएको श्रीलंकाले भने दोस्रो खेलमा भने भारतसँग ५ गोल खायो । यसर्थमा पनि श्रीलंकाभन्दा नेपाली टिमको मनोबल उच्च छ ।

भोलि श्रीलंकाले रक्षात्मक खेल खेल्ने अनुमान छ । श्रीलंकाको रक्षात्मक रणनीति असफल बनाउँदै नेपाली टोलीले गोल गर्ने प्रशिक्षक हरि खड्काको दाबी छ । नेपालको तुलानामा कमजोर देखिएको श्रीलंकाले २०१६ मा भारतमा सम्पन्न साफ महिला च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

यो पटक पनि राम्रो तयारी गर्न नपाएको श्रीलंकाली प्रशिक्षक रोहान थिलक अलपोन्सुले बताएका छन् । उनले भने ‘चार महिनाको तयारीले गरेर आएका हौं ।’

Advertisement

उनका अनुसार श्रंलीकाले नेपाललाई बराबरीमा रोक्ने र पेनाल्टीमा पराजित गर्ने रणनीति बनाएको छ । विशेषगरी सावित्रा भण्डारी र निरु थापालाई रोक्ने उसको रणनीति छ ।प्रशिक्षक रोहानले भने, ‘नेपालका केही खेलाडी उत्कृष्ट छन्, त्यसमध्ये सावित्रा र निरुलाई रोक्ने लक्ष्य छ ।’

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top