विराटनगर, चैत ५
पूर्वाञ्चल विश्वविद्यालय (पूवि) प्राध्यापक संघ केन्द्रीय सभापतिमा डा. सन्देशदास श्रेष्ठ चयन भएका छन् । मंगलबार भएको निर्वाचनमा श्रेष्ठले अर्का प्रतिस्पर्धी नरेशकुमार साहलाई ३ मतले पछि पार्दै विजयी भएका हुन् ।
सभापतीका लागि पू.वि.स्कूल अफ म्यानेजमेन्ट (पूसोम)का सह–प्राध्यापक रहेका श्रेष्ठ र पू.वि.स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पूसेट)का सह–प्राध्यापक रहेका साह चुनावी प्रतिस्पर्धामा आएका थिए ।यो प्राध्यापक संघको केन्द्रीय नेतृत्वका लागि पहिलो पल्ट दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो ।
त्यस्तै प्रध्यापक संघको उप–सभापतिमा बसन्त पौडेल निर्वाचित भएका छन् भने महासचिवमा नविन भट्टराई निर्वाचित भएका छन् ।संघको सचिवमा जिवन थापा, कोषाध्यक्षमा नितीन भगत र सदस्यहरुमा डा. बिनिता पौडेल,यज्ञ प्रसाद जमरकट्टेल,सन्नी कुमार साह र मदन बहादुर थापा निर्वाचित भएका छन् ।
निर्वाचनका लागि विश्वविद्यालयको विभिन्न संकायअन्तर्गत सञ्चालित आंगिक क्याम्पसहरूमा प्राध्यापन गर्ने ८० जना मतदाताहरु रहेका थिए ।
अन्तिम मत परिणाम:
सभापति:
डा. सन्देश दास श्रेष्ठ ३९ ✅
नरेश कुमार साह ३६
उप सभापति:
बसन्त पौड्याल ४२ ✅
युवराज धिताल ३४
महासचिव:
नबिन भट्टराई ३४
भुपेन्द्र बाराकोटी ४१ ✅
सचिव:
जिवन थापा ४१ ✅
डा. प्रसन्न दाहाल ३५
कोषाध्यक्ष:
नितीन भगत ३९ ✅
प्रमोद कुमार यादव ३६
सदस्यहरु:
डा. बिनिता पौडेल ४२ ✅
यज्ञ प्रसाद जमरकट्टेल ३८ ✅
सन्नी कुमार साह ४० ✅
मदन बहादुर थापा ४० ✅
रमण कुमार वर्मा ३५
उमा प्रधान ३६
मनोज कुमार मेहता ३३
राकेश कुमार ठाकुर ३७