पोखरामा फेरी प्याराग्लाईडिङ दुर्घटना, विद्युतको तारमा अड्कियो

पोखरामा फेरी प्याराग्लाईडिङ दुर्घटना, विद्युतको तारमा अड्कियो

पोखरा ,चैत ६
पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा मंगलबार दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट फेवातालको सिरानमा झर्ने क्रममा ग्लाईडर विद्युत्को तारमा अड्किन गई दुर्घटना हुँदा पाइलट चिनियाँ नागरिक ५० वर्षीय अलेस वीकरिन र सिङ्गापुरका सात वर्षीय बालक याङ गोवाङजी घाइते भएका हुन् ।

ओपन स्काई प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ दुर्घटनामा परी घाइते भएका उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ भने घटनाका विषयमा थप अनुसन्धार भई रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.