काठमाडौं, चैत ११
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विप्लवलाई नियन्त्रणमा लिने चेतावनी दिएका छन् । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शन्तिपूर्ण रमजाीतिमा नआए विप्लवलाई चैत्रभित्र नियन्त्रणमा लिने चेतावनी दिएका हुन् ।
‘विप्लव समूहका धेरै नेता कार्यकर्ताहरु नियन्त्रणमा आइसकेका छन्, उनले भने, विप्लवलाई पनि नियन्त्रणमा लिन्छौं ।’ उनले विप्लव समूहलाई चैत्रभित्र शान्तिपूर्ण राजनीतिमा आउन आग्रह समेत गरे । मूलधारको राजनीतिमा नआएर सो समूहका सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिने प्रधानमन्त्रीको भनाइ छ ।
सीके राउतलाई मुलधारको राजनीतिमा ल्याएर विखण्डनबाद समाप्त भएको सांसदहरुलाई प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए । नेकपा अध्यक्ष समेत रहेको ओलीले पार्टी एकीकरणको विषय छिट्टै टुंगिने बताए ।