नेपाल-जापानबीच कामदार लैजाने समझदारीमा हस्ताक्षर, मासिक तलब ३ लाख रुपैयाँसम्म हुने

काठमाडौँ ,चैत ११

नेपाल र जापान सरकारबीच दक्ष नेपाली कामदार पठाउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सोमबार हस्ताक्षर भएको छ । ललितपुर कुपण्डोल स्थित होटल हिमालयमा एक कार्यक्रमकाबीच कामदार साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रका नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिथी साइगोले हस्ताक्षर गरेका छन् । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको उपस्थित रहेको थियो ।

जापानले कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत तथा संभार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्टस् उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलोक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ ब्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाइ उद्योगमा श्रमिक लैजाने छ ।

१४ वटै कार्यक्षेत्रमा खुला गरिएको भएपनि कुन कुन क्षेत्रमा कति संख्यामा नेपाली श्रमिकरुको माग हुने भन्ने विषय निश्चित हुन बाँकी रहेको जनाइएको छ । कामदार पठाउन सरकारले छुट्टै संयन्त्र बनाउने र मासिक तलब ३ लाख रुपैयाँसम्म हुने बुझिएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top