×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

प्रदेश १ मा संसदीय समितिको सभापति चयन २२ गते

१५ चैत्र २०७५

विराटनगर, चैत १५
प्रदेशसभा १ को बिषयगत समितिका सभापति चयन गर्न मतदान हुने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले सभापति चयन गर्न चैत २२ गतेको मिति तोकेको छ । प्रदेशसभा सचिवालयले शुक्रबार चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेशसभाका सात समितिमध्ये प्रमुख प्रतिपक्ष दलले एउटा समितिको नेतृत्व पाउने बाँकी छ ।

समितिको नेतृत्व नेकपाले नै गर्नेछ । संसदीय समितिको नेतृत्वका विषयमा पनि नेकपाभित्र सहमति जुटेको छ । हालसम्म सभापति चयन हुन नसक्दा मिनि संसद मानिने संसदीय समितिको बैठक ज्येष्ठ सदस्यले अध्यक्षता गर्दै आएका थिए । विषयगत समितिका सदस्य केही हेरफेर गरिएको छ ।

Advertisement

सार्वजनिक लेखा समितिमा आशारत्न जबेगुको स्थानमा ओमप्रकाश सरावगी परेका छन् ।त्यसैगरी तुलसीप्रसाद न्यौपानेको स्थानमा लोकप्रसाद संग्रौलालाई राखिएको छ । सरिता थापाको स्थानमा अम्बिका थापालाई राखिएको छ । लेखा समितिको अन्य सदस्यहरुमा कुलप्रसाद साम्बा, कुसुमकुमारी श्रेष्ठ, बसन्तकुमार बानियाँ, शिवनारायण गनगाई, सन्जाकुमारी दनुवा र होमकुमारी सावाँ रहेका छन् । अर्थ समितिमा पनि केही सांसदको नाम फेरिएको छ । जसमा अर्जुन राईको स्थानमा मोहनकुमार खड्का आएका छन् । ओमप्रकाश सरावगीको स्थानमा चुमनारायण तवदारलाई राखिएको छ ।

बाँकी सदस्यहरुमा एकराज कार्की, जसमाया गजमेर, पदमकमारी गुरुङ, पूर्णप्रसाद राजवंशी, प्रतापप्रकाश हाङगाम, यसोदा अधिकारी, राजन राई, रामकुमार राई, लिला सुब्बा रहेका छन् । सामाजिक विकास समितिमा अम्बिका थापा स्थानमा सरिता थापा र सिता थेवेको स्थानमा कला घलेको नामा हेरफेर गरिएको छ । समितिका अन्य सदस्यहरुमा अगमलाल चौधरी, कल्पनाकुमारी सरदार, कृष्णकुमारी राई, केदार कार्की, गणेशकुमार काम्बाङ, झलकबहादुर मगर, निरन राई, राजेन्द्रकुमार राई, रामचन्द्र लिम्बु, लछुमन तिवारी, सावित्राकुमारी रेग्मी रहेका छन् । न्याय प्रशासन तथा विधायन समितिबाट चुमनारायण तबदारको नाम हटाइएको छ ।

Advertisement

सुशासन तथा योजना समितिमा पूर्णप्रसाद राईको स्थानमा अर्जुन राईलाई ल्याइएको छ । उद्योग, पर्यटन तथा वातावरण समितिमा काला घलेको स्थानमा सीता थेवे र मोहमद ताहिर मियाको स्थानमा नवोदिता चौधरीलाई राखिएको छ । प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा नवोदिता चौधरीको नाम हटाइएको छ । मोहनकुमार खड्काको स्थानमा पूर्णप्रसाद राईलाई ल्याइएको छ । लोकप्रसाद संग्रौलाको स्थानमा महमद ताहिर मियालाई ल्याइएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top