काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले लगानी सम्मेलनमा आयोजकले दिएको उपहार लिन अस्वीकार गरेका छन् । शुक्रबारदेखि सुरु भएको सम्मेलनको उद्योगसम्बन्धी सत्रको सभाध्यक्षसमेत गरिरहेका मन्त्री यादवले सत्रको समापनपछि दिइएको उपहार अस्वीकार गरेका हुन् ।
आयोजकका तर्फबाट सत्रमा सभाध्यक्ष, सहजकर्ता तथा सबै वक्ताहरूलाई उपहार (मायाको चिनो) हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर, मन्त्री यादवले उपहार नलिने भन्दै आसनबाट उठ्न चाहेनन् । उपहार लिन अस्वीकार गरेपछि आयोजकका तर्फबाट उपहार लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट मन्त्रीको आसननजिकै पुगेर आग्रह गरे पनि उनले लिन मानेन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।