कोलकाताविरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप प्लेइङ ११ मा

कोलकाताविरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप प्लेइङ ११ मा

एजेन्सी, चैत १६
जारी आईपीएलमा दिल्ली क्यापिटल्सका लागि कोलकाता नाइट राईडर्सविरुद्ध शनिबारको खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने  प्लेइङ ११ मा परेका छन्। सुरुवाती दुई खेलमा मौका नपाएका नेपाली स्पिनर सन्दीपले आज मौका पाएका हुन् ।

सन्दीप र क्रिस मोरीस यस खेलका लागि विदेशी खेलाडीको रुपमा टोलीमा परेका हुन् । यसअघिको खेलबाट किमो पल टोलीमा परेका छैनन् ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा जारी खेलमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ गर्दैछ भने कोलकताले ब्याटिङको निम्तो पाएको छ ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, हनुमा विहारी, कागिसो रबाडा, सन्दीप लामिछाने, अमित मिश्रा, हर्षल पर्टेल

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.