उच्च ओहदामा हुनेहरुले जानीनजानी अंग्रेजी नै बोल्नै पर्ने किन?

Share this
797shares

काठमाडौँ : सरकारले विदेशी लगानी भित्र्याउने आयोजनामा गरेको लगानी सम्मेलन हालै सम्पन्न भएको छ । चैत १५ र १६ गरी दुई दिनसम्म आयोजित लगानी सम्मेलन समापन भए पनि त्यसमा सहभागी मन्त्रीहरुको प्रस्तुति अहिले पनि चर्चामा छन् ।

Advertisement

लगानी सम्मेलनको सत्रमा सहभागी भएर आफ्ना भनाई राख्ने क्रममा उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव, उर्जामन्त्री वर्षमान पुन तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको प्रस्तुतिमा भाषागत कमजोरी प्रस्टै देखियो ।

नेपाली भिआइपीले जानीनजानी अंग्रेजी बोल्ने क्रममा कमजोर प्रस्तुति दिएको यो पहिलो घटना भने होइन । विगतमा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन जाँदा उच्च ओहदामा हुनेहरुबाट यस्ता गल्ती धेरैपटक दोहोरिएका छन् ।

Advertisement

भाषागत दक्षता नहँुदा नहुँदै पनि भिआइपीहरु किन अंग्रेजी नै बोल्न खोज्छन् ?,यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top