हावाहुरी प्रभावित क्षेत्रमा ४ सय ६८ थान त्रिपाल पठाइयो

काठमाडौं, चैत १८
हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका पीडितहरुका लागि सरकारले ४ सय ६८ त्रिपाल पठाएको छ ।गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका अनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाईएको हो ।

हावाहुरीबाट ५ सय घर परिवार प्रभावित भएको र बारा जिल्लामा १ सय ५० त्रिपाल रहेकोले ४ सय ६८ त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले बताए ।

त्रिपालसंगै ४ हजार १ सय ६८ थान कपडा समेत पठाइएको महाशाखाले जनाएको छ । अब केन्द्र सरकारसँग २ हजार वटा त्रिपाल मात्रै बाँकी रहेको खनालले बताए ।

Scroll to Top