फेसबुकले लैजान्छ बार्षिक १२ अर्ब, दर्ता नगरे बन्द गरिने

१८ चैत ७५, मंगलबार

काठमाडौँ ,चैत १८

नेपालमा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता ९३ लाख रहेको तथ्याङ्क सार्वजनिक भएको छ । फेसबुकका प्रयोगकर्ताको संख्या बढेसँगै वार्षिक नेपालबाट १२ अर्ब रुपैयाँ फेसबुकले लगिरहेको छ ।

त्यसैगरी नेपालमा अरु सामाजिक सञ्जालका प्रयोकर्ता पनि उल्लेख्य मात्रामा रहेका छन् । यूट्यूब प्रयोगकर्ता ६० लाख र ट्वीटर चलाउनेको संख्या ४० लाख रहेको छ । इन्टरनेटको पहुँच ५६.७ प्रतिशत रहेको छ भने मोबाइलको पहुँच १३३ प्रतिशतमा पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

Advertisement

प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा उनले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् । सो बैठकमा उनले सामाजिक सञ्जाल नेपालमा दर्ता हुनु पर्ने र नभएमा कानूनी कारवाही गर्ने बताए । उनले भने–‘दर्ता नहुने सामाजिक सञ्जाल बन्द गरिन्छ ।’

बेलायतमा सामाजिक सञ्जालको गलत प्रयोग गरेमा ५ हजार पाउण्ड जरिवाना र ६ महिना कैद वा दुबै हुन्छ । भारत मै पनि ५ वर्ष कैद र १ लाख जरिवाना वा दुबै हुने कानूनी व्यवस्था छ । त्यसकारण पनि सामाजिक सञ्जालको नियमन गर्नु आवश्यक रहेको उनले बताए ।

Advertisement

फेसबुकका सञ्चालक मार्क जुकरबर्गले समेत सामाजिक सञ्जालबाट आतंकवादी, पृथकतावाद, अपराधिक गतिविधि र व्यक्तिगत गोपनियताका कुराको गलत सन्देश फैलाउनले लाई नियमन गर्नु पर्ने बताएका छन् । मन्त्री बास्कोटाले भने-‘सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै नियमन अत्यन्त जरुरी भइसकेको छ ।’(विकास न्युजबाट)

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top