×

NEPAL TIMES UPDATES

Playing
युएस–इरानबीच गो*ली हा*नाहान, भारतीय जहाज डु*ब्यो, चिनियाँ जहाजमा आक्र*मण|| Nepal Times
May 09, 2026
Playing
काठमाडौं–दिल्ली कुटनीतिक वा*रः विदेश सचिवको नेपाल भ्रमण स्थगित|| Nepal Times
May 09, 2026
Playing
हान्टा भाइ*रसको त्रास: तीन जनाको मृ*त्युपछि विश्वभर त्रा*स|| Nepal Times
May 09, 2026
Playing
नेपाली मूलका उम्मेदवारको उल्लेख्य सफलता, केही पराजित|| Nepal Times
May 09, 2026
Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026

राजविराज विमानस्थलबाट अनिश्चितकालिन विमान सेवा बन्द

१९ चैत्र २०७५

सौरभ यादव

राजविराज, चैत १९
राजविराज विमानस्थलबाट सोमबारदेखी उडान सेवा ठप्प भएको छ । पटक पटक बन्द हुँदै आएको सो विमानस्थल असार १० गतेदेखी निकै तामझामका साथ संचालनमा आएको थियो । गत असार १० गतेदेखि नियमित विमान सेवा थालिएको विमानस्थलमा सुरुमा साताको ५ दिन उडान भर्दै आएको थियो ।

Advertisement
Advertisement

प्राविधिक त्रुटी देखाउँदै केही महिनादेखि ३ दिन उडान भर्दै आएको श्री एयरलाइन्सले सोमबारदेखि अनिश्चितकालिन उडान सेवा बन्द गरेको छ ।नागरिक उड्ययन कार्यालय राजविराजका प्रमुख भिमदत्त पन्तले काठमाडौंका लागि उडान भर्ने श्री एयरलाइन्सको जहाज ‘मेन्टेनेन्स’का लागि उतै राखिएकाले उडान रद्द गरिएको जानकारी दिएका छन् ।

जहाज ‘मेन्टेनेन्स’ कार्य पुरा हुन करिब १५ दिन अझैं समय लाग्न सक्ने भएकाले त्यस अवधीसम्म उडान सेवा बन्द रहने उनको भनाइ छ । यता काठमाडौं यात्राका लागि टिकट काटेर विमानस्थल पुगेका यात्रुहरुलाई अचानक राजविराज नागरिक उड्ययन कार्यालयका कर्मचारीले जहाज मर्मतका लागि राखिएकाले उडान नभर्ने बताएपछि यात्रुहरु निराश र आक्रोसित भएका थिए ।

वि.सं २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले शिलान्यास गरि सञ्चालनमा ल्याइएको विमानस्थल हो, ‘राजविराज विमानस्थल’ । केही दिन सञ्चालन पश्चात कच्ची धावनमार्गको समस्या देखाउँदै विमान सेवा पूर्ण रुपमा ठप्प नै गरियो ।

पछि विभिन्न प्रयासले विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चोडाई एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाईको ट्याक्सी वे पक्की निर्माण भएपछि गत जेठ ९ गते श्री एयरलाइनले सफल परीक्षण ग¥यो । झण्डै ६ दशकपछि गत असार १० गतेबाट राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुचारु भयो ।

Advertisement
Advertisement

श्री एयरलायन्सको ५० सिट यात्रु क्षमता भएको विमानले साताको पाँच दिन उडान सुरु गर्यो । पाँच महिनासम्म शनिबार र मङ्गलवार बाहेक श्री एयरलायन्सले नियमित उडान सेवा सञ्चालन पनि गर्यो । पछि प्राविधिक समस्या देखाउँदै एयरलायन्स कम्पनीले दुई महिना यता सातामा ३ दिन मात्रै उडान भर्ने समय तालिका कायम गरेको छ । तर, विमानस्थलको पूर्वतर्फ ७ सय मिटरकै दुरीमा ९० फिटको अग्लो ४ वटा चिम्नी (ईट्टा भट्टा) का कारण विमान सेवा सञ्चालनमा गम्भिर समस्या भईरहेको खुलासा भएको छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top