×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

यी हुन् नेपालका १० ठूला कम्पनी, पुराना व्यवसायिक घरानालाई विस्थापित गर्दै नयाँ कम्पनी

१९ चैत्र २०७५

काठमाडौं ,चैत १९

कारोबार रकमका आधारमा नेपालका १० ठूला कम्पनी कुन कुन हुन सक्छन् ? व्यवसायिक क्षेत्रमा धेरैको चासो हुने गरेको छ ।व्यवसायिक दुनियाँमा टप टेनको प्रतिस्पर्धामा को भित्र छिरे र को बाहिरन बाध्य भए ? धेरै रोचक विषय हुने गर्छ ।

Advertisement
Advertisement

प्रतिस्पर्धाको पहिलो स्थानमा नेपाल आयल निगम लिमिटेड छ । यस कम्पनीले गत आर्थिक वर्षमा १ खर्ब ९५ अर्ब ९० करोड रुपैयाँको व्यापार गरेको छ । निगम पहिलो भएको यस पटक मात्र होइन, विगतमा पनि हरेक वर्ष पहिलो थियो । र, कम्तिमा आगामी एक दशकसम्म निगम नै पहिलो रहिरहने छ ।

तर, निगम पहिलो हुनुको अर्थ छैन । किनकी पेट्रोलियम पदार्थको व्यापारमा ऊ एक्लो छ । सरकारले पेट्रोलियम पदार्थको आयात गर्न निगमलाई मात्र लाईसेन्स दिएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन, खाना पकाउने एजपीजी ग्यास लगायत पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ ।

नेपालमा मात्र होइन, पेट्रोलिम पदार्थको बजार विश्वमा नै ठूलो छ । यो व्यवसायमा नाफा र प्रतिष्ठा दुबै छ । विश्वका धनाढ्यहरुको सूचिमा पेट्रोलिम पदार्थको व्यापार गर्नेहरु संख्या धेरै हुने गरेको छ । तर, नेपाली व्यवसायीहरु यो क्षेत्रको व्यापारमा प्रवेश गर्न सकेका छैनन् ।

कारोबार रकमका आधारमा एनसेल प्रालि दोस्रो स्थानमा छ । यस कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा ६४ अर्ब ३९ करोड रुपैयाँ कारोबार गरेको छ । यो कम्पनीले ५ वर्षअघि नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई तेस्रो स्थानमा पार्दै दोस्रो स्थान हासिल गरेको हो ।

एनसेल विदेशी लगानी भएको कम्पनी हो । कानुनी रुपमा २० प्रतिशत लगानी नेपालीको देखिए पनि बास्तविक रुपमा सबै लगानी विदेशीको भएको सरकारी अधिकारीहरु बताउँछन् । एनसेल नेपालमा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनी हो । १० करोड चुक्ता पुँजी भएको यस कम्पनीले एक वर्षमा २९ अर्ब रुपैयाँसम्म खुद नाफा आर्जन गरेको देखिन्छ, जुन रकम सरकारलाई कर तिरेपछि लगानीकर्ताले लिन पाउने पैसा हो ।

एनसेलले दोस्रो स्थान अझै धेरै वर्ष सुरक्षित राख्ने देखिन्छ । किनकी तेस्रो स्थानमा रहेको दूरसंचार कम्पनीको कारोबार करिव २७ अर्ब रुपैयाँ कम छ । साथै, एनसेलले व्यापार विस्तार गर्दै लगेको छ भने दूरसंचारको व्यवसायिक यात्रा अधोगतिमा छ ।

आर्थिक वर्ष २०७३/७४ को तुलनामा एनसेलले ५ अर्ब रुपैयाँ कारोबार बढाएको छ । तर, दूरसंचार कम्पनीको कारोबार आर्थिक वर्ष २०७३/७४ तुलनामा २०७४/७५ मा करिव साढे ४ अर्ब रुपैयाँ घटेको छ । टेलिकमले गत वर्ष ३७ अर्ब ६५ करोडको कारोबार गरेको छ ।

नेपाल दूरसंचार कम्पनीले भविष्यामा तेस्रो स्थान पनि गुमाउने सम्भावना बढी देखिन्छ । किनकी यस कम्पनीलाई दुईटा रोग लागेको छ, राजनीतिकरण र भ्रष्टाचार । ९५ प्रतिशत सेयर सरकारको भएको यस कम्पनीको नेतृत्वले राजनीतिक नियुक्ती पाउँछ । क्षमताको आधारमा भन्दा राजनीतिक निकटता भएकोले व्यक्तिले यस कम्पनीको कार्यकारी प्रमुख पद पाउँछ ।

त्यसैको परिणाम हो विदेशी व्यवस्थापन भएको एनसेलले सञ्चार क्षेत्रको बजार हिस्सा बढाउँदै लग्दा सरकारी व्यवस्थापन रहेको दूरसंचार कम्पनीले बजार हिस्सा गुमाउँदै गएको छ, जबकी बजार, सेवा र प्रविधि एउटै हो । निकट भविश्यमा तेस्रो स्थान जगदम्बा स्टील्स प्रालिले लिनसक्छ । जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो स्टील उद्योग हो र हरेक वर्ष उकालो चढिरहेको छ । यस कम्पनीले गत वर्ष ३५ अर्ब ५ करोडको कारोबार गरेर चौथो स्थान हासिल गरेको छ ।

जगदम्बा स्टील्स शंकर ग्रुपले प्रवद्र्धन गरेको कम्पनी हो । आक्रामक रुपमा लगानी विस्तार गरेको ग्रुपका दुई वटा कम्पनी टप टेनमा परेका छन् । ९ औं स्थानमा श्री जगदम्बा इन्टरप्राइजेज प्रालि छ । यस कम्पनीले गत वर्ष १६ अर्ब ७९ करोड रुपैयाँको कारोबार गरेको छ ।

गत वर्ष ३३ अर्ब ४१ करोड रुपैयाँको कारोबार गरेर पाँचौ स्थानमा रहेको छ सूर्य नेपाल प्रालि । कारोबार रकमका आधारमा पाँचौं नम्बरमा रहेपनि सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनी हो यो । यस कम्पनीको मुख्य उत्पादन चुरोट हो भने पछिल्लो समय सलाई, धुपबत्ती पनि उत्पादन गर्दै आएको छ । साथै, यस कम्पनीले तयारी पोसाकको व्यापार गर्छ ।

भ्याट, अन्तशुल्क र आयकर सबै जोडेर सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्माले बताए । सूर्य नेपाल विदेशी लगानी भएको कम्पनी हो ।

छैटौ नम्बरमा रहेको सिप्रदी ट्रेडिङ प्रालिले गत वर्ष २९ अर्ब ९३ करोड रुपैयाँको कारोबार गरेको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङ सरकारलाई सबैभन्दा बढी भ्याट बुझाउने कम्पनी हो भने यसको लगानीकर्ता सिद्धार्थ राणा सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिको तर्फबाट ५ पटक सरकारबाट सम्मानित भएका छन् । राणाको लगानी रहेको अन्य कम्पनीहरु पनि छन् । सबै कम्पनीको कारोबार ५० अर्ब रुपैयाँ भन्दा बढी भएको राणाले एउटा सार्वजनिक कार्यक्रममा बताएका थिए ।

सातौ नम्बरमा गोर्खा ब्रुअरी प्रालि छ, जसले गत आर्थिक वर्षमा २३ अर्ब १३ करोड रुपैयाँको कारोबार गरेको छ । वियर उत्पादन गर्ने यस कम्पनीमा विदेशी लगानी छ । यसमा खेतान समूहको थोरै सेयर लगानी छ । आर्थिक संकटमा परेपछि राजेन्द्र खेतानले गोर्खा ब्रुअरीको सेयर बेच्दै आएका छन् ।

बजाज ब्राण्डको मोटरसाईकल बिक्री गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गत वर्ष २० अर्ब ८१ करोड कारोबार गरेर ८औं स्थान लिएको छ । शेखर गोल्छाले नेतृत्व गरेको यो कम्पनी पहिलो पटक टप टेनमा उक्लिएको हो । यसले स्पेयर पार्ट, लुब्रिकेन्टको पनि व्यापार गर्दै आएको छ ।

१० औं स्थानमा अग्नी इन्कर्पोरेटेड प्रालि छ । यस कम्पनीले गत वर्ष १६ अर्ब २७ करोड कारोबार गरेको छ । कम्पनीले महिन्द्रा ब्राण्डको कार, जिप, मोटरसाईकल बिक्री वितरण गर्दै आएको छ ।
यसअघि टपटेनमा रहेको भाटभटेनी १२ औं स्थानमा झरेको छ । त्यस्तै यसअघि टप टेनमा रहेको स्याकर ट्रेडिङ कम्पनी १३ औं स्थानमा झरेको छ । जेजीआई डिस्ट्रीव्यूशन प्रालि, लक्ष्मी इन्टर कन्टिनेन्टल र आरती स्ट्राइप टप टेन नजिक पुगेका छन् ।

प्रतिस्पर्धामा रहेका कम्पनीहरुबीच कारोबार रकम अन्तरको अंकले दौडको दुरी छुट्याउँछ । आयल निगम पहिलो र एनसेल दोस्रो अझै धेरै वर्ष रहिरहने देखिन्छ भने तेस्रोदेखि तलको पोजिसनमा प्रतिस्पर्धा नजिक नजिक छ ।

चौधरी ग्रुप, ज्योति ग्रुप, बैद्य ग्रुप, दुगड ग्रुप, पञ्चकन्य ग्रुप लगायत पुराना व्यवसायिक घरानाका कुनै पनि कम्पनी टप टेनमा परेका छैनन् । एनसेल, जगदम्बा, सिप्रदी, अग्नी, भाटभटेनि, लक्ष्मी इन्टरकन्टिनेन्टल, शिवम् सिमेन्ट, राजेश हार्डवेयर जस्ता कम्पनीहरुले पुराना र स्थापित कम्पनीहरुलाई टपेर अगाडि बढिरहेका छन् ।

विश्व बजारमा जस्तै नेपालमा पनि पेट्रोलिमय पदार्थको कारोबार, प्रविधिमा आधारित कारोबार र अटोमोवाईल क्षेत्रमा आधारित कारोबार अगाडि आएका छन् । नेपालमा औद्योगिक क्षेत्र कमजोर भनिए पनि जगदम्बा स्टील्स, सूर्य नेपाल, गोर्खा ब्रुअरी, डावर नेपाल, शिवम् सिमेन्ट, हुलास स्टीलसहितका कम्पनीको कारोबार निकै ठूलो देखिन्छ ।

Advertisement

व्यापारको तुलनामा उद्योगमा कम नाफा भएकोले पछिल्लो समय व्यापारमा लगानीकर्ताहरु आकर्षित भएका छन् । सेवा क्षेत्रमा दुई टेलिकम कम्पनी माथि भएपनि पर्यटन, शिक्षा, स्वास्थ्यका क्षेत्रबाट टपटेनको प्रतिष्पर्धामा कोही पनि छैनन् । वासलात ठूला भए पनि वित्तीय क्षेत्रलाई यसमा समावेश गरिएको छैन ।(विकास न्युजबाट)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top