×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन वैशाखबाट सञ्चालनमा आउने

२० चैत्र २०७५

काठमाडौँ ,चैत २०

बहुप्रतिक्षित रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणलाई तीव्रता दिइएसँगै आगामी वैशाख अन्तिमसम्मबाट सञ्चालनमा आउने निश्चित भएको छ ।

Advertisement
Advertisement

परियोजना निर्माणका क्रममा देखिएका समस्याको समाधान, विभिन्न नीतिगत अस्पष्टता हल गरिएसँगै आयोजनाको निर्माणले तीव्रता पाएको छ ।

नेपाल आयल निगमको नेतृत्व सम्हाल्ले लगत्तै कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आएका छन् ।

निर्माणाधीन पाइपलाइन परियोजनाको नेपालतर्फ कुल ३६ दशमलव २ किमीमध्ये नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य भागमा पाइपलाइन निर्माणको काम सम्पन्न भइसकेको छ भने नौ किलोमिटरको जङ्गल क्षेत्रमा पाइपलाइन बिछ्याउने काम काम धमाधम भइरहेको परियोजनाका इञ्जिनीयर शरदप्रसाद पौडेलले जानकारी दिए ।

रुख कटानीको निर्णय हुन नसक्दा पाइपलाइन परियोजनाको काम अगाडि बढ्न सकेको थिएन । गत माघ ३ गतेको मन्त्रिपरिषद्को बैठकले पाइपलाइन परियोजनामा पर्ने रुख हटाउनेसम्बन्धी निर्णय गरेसँगै अहिले सो क्षेत्रमा धमाधम रुख हटाउने काम भइरहेको छ ।

जङ्गल क्षेत्रमा डेढ किमी पाइपलाइन गाड्ने काम भइसकेको छ । उक्त क्षेत्रमा छ हजार ५६३ रुख काट्नुपर्ने हुन्छ । रुख कटान र पाइपलाइन बिछ्याउने काम एकसाथ अघि बढिरहेको आयोजनाले जनाएको छ । नेपालतर्फ गत वैशाखदेखि पाइपलाइन बिच्छयाउन थालिएको हो ।

उक्त पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै इन्धन ढुवानी भाडा वार्षिक झण्डै रु दुई अर्ब कम हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ ।

देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ । शुरुआती चरणमा पाइपलाइनबाट डिजेल मात्र ल्याइनेछ ।

पाइपलाइनबाट डिजेल आपूर्ति हुने भएपछि अमलेखगन्ज डिपोले ३९ हजार किलोलिटरका दुई र ४१ हजार किलोलिटरका दुई भण्डार ट्याङ्कलाई पाइपलाइनबाट आउने इन्धनको प्रेसर धान्न सक्ने गरी स्तरोन्नति गर्ने काम भइरहेको छ ।

दैनिक चार हजार किलोलिटर डिजेल पाइपलाइनबाट आपूर्ति हुने निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए ।

भारत सरकारको सहयोगमा निर्माण भइरहेको परियोजना भारत सरकार स्वामित्वको भारतीय आयल कर्पोरेशन (आइओसी) ले कार्यान्वयन गरिरहेको छ ।

सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उनको भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनको भारतीय समक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन परियोजनाको शिलान्याश गरेका थिए ।

परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ करीब चार अर्ब ४० करोड) रहेको छ । जसमध्ये अमलेखगञ्ज डिपोको स्तरोन्नति, सुरक्षा प्रबन्ध तथा बफर जमिनसमेत गरेर निगमले ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने भनिए पनि अहिलेसम्म सबै लागत भारतीय पक्षले नै व्यहोरिरहेको छ ।

भारत सरकारले यो परियोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ । अहिले भारततर्फ मोतिहारीदेखि पटनासम्म पाइपलाइन विस्तारको काम भइरहेको बताइएको छ ।

तत्काललाई आइओसीले मोतिहारीबाट पाइपमार्फत् तेल पठाएपनि मोतिहारी–पटना पाइपलाइन निर्माण सम्पन्न भएपछि भने पटनाबाटै इन्धन आपूर्ति गरिने भारतीय पक्षको भनाइ छ ।

पाइप लाइनबाट पठाइएको तेलको मात्रा पढ्न सकिने गरी दुवै देशका भन्सार नाकामा विशेष प्रकारका मिटर जडान गरिनेछ । उक्त मिटरमा कति परिमाणमा तेल आपूर्ति भएको छ ।

सो आधारमा भन्सार कार्यालयले पेट्रोलियमको भन्सार निर्धारण गर्नेछ । शुरुमा डिजेलमात्र आपूर्ति गरिने भएपनि यो पाइपलाइनबाट डिजेल र पेट्रोल दुवै सकिने निगमको भनाइ छ ।

Advertisement
Advertisement

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माणसँगै उक्त पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको योजना रहेको छ । यसले ढुवानी लागत कटौती गर्नुका साथै चुहावटमा उल्लेख्य कमी आउनेछ । त्यसैगरी तापक्रमको घटबढका कारण हुने प्राविधिक चुहावट पनि कम हुनेछ ।–अशोक घिमिरे/रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top