क्यानडा पठाईदिने भन्दै डेढ करोड उठाएर दलाल फरार

क्यानडा पठाईदिने भन्दै डेढ करोड उठाएर दलाल फरार

विराटनगर : वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै मोरङ र सुनसरीका युवाहरुबाट डेढ करोड भन्दा बढी रकम उठाएर दलाल फरार भएका छन् ।
मोरङको सुनवर्षी र रंगेली नगरपालिका तथा सुनसरीको रामधुनी नगरपालिकाका युवाहरुबाट डेढ करोड भन्दा बढी रकम उठाएर दलाल फरार भएका हुन् ।

दलालले सुनसरी र मोरङका ३० भन्दा बढी युवालाई ठगी गरेर फरार भएपछि डुबेको रकम फिर्ता गराई दिन पीडितहरुले श्रम कार्यालय विराटनगरमा छुट्टाछुट्टै उजुरी दिएका छन् ।

प्रतिब्यक्ति २ देखि ७ लाख रुपैँयासम्म बुझाएका सुनसरीका ६ र मोरङका ७ जनाले श्रम कार्यालय विराटनगरमा छुट्टाछुट्टै उजुरी गरेका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.